२०८० चैत्र १६ शुक्रबार

फ्रान्समा एकैदिन ३० हजार बढी संक्रमित

एजेन्सी । फ्रान्समा बिहीबार एकै दिन ३० हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । बुधबार २२ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातिमा कर्फ्यु लगाउने निर्णय गरेको छ । शनिबारदेखि राति ९ बजेपछि बिहान ६ बजेसम्म मानिसहरुलाई घर बाहिर निस्किन बन्देज गरिएको छ । यो बन्देज कम्तिमा चार हप्तासम्म रहने बताइएको छ ।

राष्ट्रपति इमानुयल म्याक्रोले दैनिक संक्रमितको संख्यालाई ३ हजारभन्दा कम गराउने कोशिस गरिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट मानिसहरुको ज्यान जोगाउन कडा प्रतिबन्धहरु लगाउन अत्यन्त आवश्यक रहेको बताएको छ ।

२०७७ आश्विन ३०, शुक्रबार ०३:५८ गते 0 Minutes 278 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार