
असोज-३०, काठमाडौँ । नेपालको किरातकालीन पहिलो राजा यलम्बरको नयाँ रेखाचित्र सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार टेकबीर मुखियाले २०४८ सालमा निर्माण गरेको यलम्बर रेखाचित्रलाई युवावस्थालाई नयाँ रूपमा सार्वजनिक गरिएको हो । नयाँ रेखाचित्रलाई कलाकार देव कोइमीले निर्माण गरेका हुन् ।
किरात राई यायोक्खाले प्रकाशन गरेको यलम्बरको रेखाचित्र मंगलबार एक समारोहबीच सार्वजनिक गरिएको हो ।
नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रवेश गरेको उल्लेख छ । इतिहासकारकाअनुसार नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ किरातकालमा भएको पाइन्छ । यलम्बरदेखि खिजुसम्म ३२ पुस्ताले १९ सय ६४ वर्ष शासन गरेका थिए ।
तिनै किरात शासनका आरम्भकर्ता यलम्बरलाई गौरवमय व्यक्तित्वका रूपमा लिने गरेको यायोक्खाका अध्यक्ष दिवस राईले बताए । ‘अबदेखि किरात यलम्बरको युवाकालीन रेखाचित्र विश्वभरि प्रयोग गरिनेछ,’ अध्यक्ष राई भने ।
किरात जाति तथा समुदायमा दुईथरी यलम्बर सम्वत्को समेत प्रचलनमा छ । यसलाई येले संवत्, येले तङ्बे, येले थोचे भन्ने गरेका छन् । पहिलेदेखि चलनमा रहेअनुसार सन् २०२० लाई येले संवत् ५०८० र पछिल्लो दशकमा इतिहास विद्ले पहिल्याए अनुसार ३७९९ समेत उल्लेख गरेको पाइन्छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।