२०८० चैत्र १६ शुक्रबार

गीतकार मुना बान्तावाको “बिश्वासको आशा ….” गीत सार्वजनिक

-प्रकाश दिप्साली राई
असोज-३, नडाह । बराहक्षेत्र नडाहा, हाल ओमानमा रहेकी गीतकार मुना बान्तावा राईले अर्को गीत “बिश्वासको आशा रोपी ….” बोलको गीत बजारमा ल्याएकी छिन् ।

उनको सो गीत कात्तिक २ गते युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । हाल वैदेशिक रोजगारको शिलशिलामा ओमानमा रहेर बचेखुचेको समयमा निरन्तर साहित्य र सङ्गीतमा साधना गरिरहेकि मुनाको यो गीतलाई लोकप्रिय गायिका एवं नेपाल आइडलमा असाध्यै लोकप्रियता पाएकी रचना रिमालले गाएकी छिन् भने गीतमा सङ्गीत तथा कम्पोज सुनिल राईले गरेका छन् ।

गीतका एरेन्ज राजु कार्कीको रहेको छ । सो गीतमा निर्देशन तथा क्यामेरा देव पुन मगरको रहेको छ । गीतलाई सम्पादन सुबाश जि.सी.ले गरेका छन् । मायाको नाममा गरिने विश्वासले जीवनमा अनेकौं उतारचढाव आउने र अनावश्यक बिश्वास हानिकारक हुने सन्देश यो गीतमा रहेको छ ।

यस अघि पनि “भाग्य लेख्ने मसी” लगायतका गीतहरु बजारमा ल्याईसकेकी छिन भने कविता तथा गजलहरु पनि निरन्तर प्रकाशित भैरहेका छन् । गीत सार्वजनिक पश्चात् गीतकार मुना बान्तावाले गीत सुनेर तथा हेरेर रचनात्मक प्रतिक्रिया दिन अनुरोध गरिन् । “यो गीतलाई राम्रो बनाउन निक्कै कोसिस गरेकी छु, सुरुवाती प्रतिक्रिया राम्रै छ, अब अरु प्रतिकृया र सुझावको प्रतिक्षामा छु । यहाँहरुको सल्लाह र सुझाव अनुसार अघि बढ्ने छु ।” हामीसङ्गको कुराकानीमा गीतकार मुना बान्तावाले थपिन् ।

 

२०७७ कार्तिक ३, सोमबार १६:०८ गते 1 Minute 112 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार