२०८० जेष्ठ १७ बुधबार

कोरोनाविरुद्ध चिनियाँ खोप टर्की र इन्डोनेसियामा परिक्षण प्रारम्भ, ब्राजिलमा पनि प्रयोग गर्ने निर्णय

कात्तिक-५, काठमाडौं । ब्राजिलले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ ।

ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको खोपको प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनका अनुसार ४ करोड ६० लाख डोज कोरोना खोपको लागि सम्झौता पनि भइसकेको छ ।

डोरियाका अनुसार ब्राजिलमा सन् २०२१ को जनवरीसम्ममा खोप कार्यक्रम सुरु हुनेछ । ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको मुलुकमध्येको एक हो । अहिलेसम्म ब्राजिलमा ५३ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । साथै मृत्यु हुनेको संख्या पनि एक लाख ५५ हजारको आसपास पुगेको छ ।

ब्राजिलको स्वास्थ्य नियामकले स्वीकृति दिएको खण्डमा यो ब्राजिलको कोरोनाविरुद्धको खोप अभियानमा प्रयोग हुने दुईमध्ये एक खोप बन्नेछ । ब्राजिलले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले निर्माण गरिरहेको कोरोनाविरुद्धको खोपलाई पनि यो अभियानमा समावेश गर्ने योजना बनाएको छ ।

यसअघि साओ पाउलोका गभर्नर डोरियाले चिनियाँ कम्पन सिनोभ्याकले निर्माण गरिरहेको खोप परीक्षणको क्रममा सुरक्षित रहेको र यसले मानिसहरुलाई कोरोनाबाट बचाउने बताएका थिए । यो चिनियाँ खोपको परीक्षण साओ पाउलोको रिसर्च सेन्टर बुटानटान इन्स्टिच्युटले गरिरहेको छ । इन्स्टिच्युटले सोमबार, प्रारम्भिक नतिजाअनुसार तेस्रो चरणको क्लिनिकल परीक्षणमा यो खोप सुरक्षित पाइएको बताएको थियो ।

यो खोपको परीक्षण अहिले टर्की र इन्डोनेसियामा पनि भइरहेको छ ।

स्रोत : बीबीसी

२०७७ कार्तिक ५, बुधबार ०५:३४ गते 1 Minute 10 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।