
कात्तिक-१८, धरान । धरानको विकाशमा सक्रिय गोर्खा सैनिकहरूको अधिकारकालागि अग्र मोर्चामा रहँदै आएका समाजसेवी तथा जनता समाजबादी पार्टीका नेता गजेन्द्र इस्बोको आज विहान ४ बजे उनको निधन भएको हो ।
केही दिन अघि कोरोना सङ्क्रमण देखिए पछि उनलाई उपचारका लागि विराटनगर स्थित न्युरो अस्पतालमा लगिएको थियो ।
भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सङ्घका पूर्व अध्यक्ष समेत रहेका ६३ वर्षीय इस्बो किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय सचिव र हाल केन्द्रीय सल्लाहकार पनि हुन् ।
धरानको विकाश र समाज परिवर्तनका लागि अभियन्ता उनी पछिल्लो समय जनता समाजवादी पार्टीबाट धरानको उपनिर्वाचनमा मेयरको उम्मेदवार पनि थिए ।
नेपालमा भएको भूपू गोर्खा सैनिकहरूको आन्दोलनलाई लामो समय गेसो सुनसरीको नेतृत्व इस्बोले गरेका थिए । धरानको विकास निर्माणमा लाहुरेहरूलाई सहभागिता गराउन पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ ।
उनी आदिवासी जनजातिहरूको राजनैतिक अधिकारको लागि पनि लड्ने अभियन्ता थिए । पछिल्लो समय जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष रहेका थिए । इस्वोले भुपु सैनिकहरूको गेसो, सहकारी, गोर्खा कम्प्लेक्स, ब्रिटिस गोर्खा पार्कको स्थापना र सञ्चालनको नेतृत्व पनि गरिरहेका थिए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।