
-शारदा तामाङ राई
कार्तिक-२३ भोजपुर । जिल्लाको आमचोक गाउपालिका ३ थिदिन्खाका ४ सय ४३ घर परिवारलाई सुधारिएको फलामको चुलो बितरण गरिएको छ । प्रदेश १ सरकारको ५० लाख अनुदान सहयोगबाट वडाबासीलाई विहिवार सुधारिएको चुला बितरण गरिएको हो ।
वडाध्यक्ष गणेश बहादुर खत्रीको अध्यक्षता तथा गाउपालिका अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थिदिन्खालाई धुवामुक्त वडा समेत घोषणा गरिएको छ । धुवामुक्त वडा घोषणा कार्यक्रममा वडाबासीलाई सुधारिएको चुलो वितरण गरिएको वडाध्यक्ष खत्रीले बताए ।
धुवा रहित सुधारिएको चुला पाए पछि वडाबासी खुसी भएका छन । बर्षौ देखि परम्परागत चुलो प्रयोग गर्दै आएका उनिहरु फलामको आधुनिक चुला पाए पछि खुसी भएका हुन । धुवामुक्त वडा घोषणा कार्यक्रममा प्रदेश सरकारको उर्जा महाशाखा प्रमुख रमेश पाण्डे, मुख्यमन्त्री सेरधन राईका बुवा जागिरमान राई वडा सदस्य तथा स्थानियको उपस्थिति रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।