
-शारदा तामाङ राई
कार्तिक-२३ भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई गृह जिल्ला भोजपुर पुगेका छन । मुख्यमन्त्री राई विभिन्न योजनाहरुको उदघाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन गृह जिल्ला पुगेका हुन ।
जिल्ला बसाईको क्रममा उनले विभिन्न कार्यालय, सडक र योजनाहरुको शिलान्यास तथा उदघाटन गर्ने कार्यक्रम तय भएको छ । मुख्यमन्त्री राईले आईतबार बिहान ७ बजे भोजपुर सदरमुकाम देखि टक्सार बिमानस्थल सम्मको सडक उदघाटन गरेको पुर्वाधार विकाश कार्यालय भोजपुरका प्रमुख राजनराज रेडडीले बताए । मुख्यमन्त्री राईले बिहान ८ बजे खानेपानी तथा सरसफाई डिभिजन भोजपुरको कार्यालय समेत उदघाटन गर्नु भएको छ ।
आईतबार नै उनले जिल्ला समन्वय समिती भोजपुरको कार्यालय परिसरमा बिहान ११ बजे भोजपुर सभाहल र भोजपुर नगरपालिका ६ देउरालीमा दिउसो १ बजे यलम्बर सभाहलको शिलान्यास गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री राईका प्रेस संयोजक धुव्र सुबेदीले बताए ।
यस्तै कार्तिक २४ गते भोली टेम्के मैयुङ गाउपालिका १ अन्नपुर्णलाई उज्यालो वडा घोषणा गर्नुका साथै टयाम्के डाडामा टयाम्के भ्यु टावरको पनि मुख्यमन्त्री राईले शिलान्यास गर्ने कार्यक्रम रहेको टेम्के मैयुङ गाउपालिका अध्यक्ष धुव्रराज राईले जानकारी दिए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।