
-शरदा तामाङ राई
कार्तिक-२३ भोजपुर । जिल्लाको आमचोक गाउपालिकामा रहेको लेमलेम्माहुद ले चिनिने बन झाक्री भीर प्रचार प्रसार नहुदा ओझेलमा परेको छ । गाउपालिकाको वडा नम्बर २ यु मा रहेको लेमलेम्माहुद ले परिचित झाक्री भीर प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो ।
प्रचुर पर्यटकिय सम्भावना रहे पनि प्रचार प्रसार नहुदा झार्की भीर ओझेलमा परेको आमचोक गाउपालिका २ दाङखाका आर के बान्तावाले बताए । उनले भने “भीरमा रहेका बन झाक्री बस्ने दुलोहरुको भिडियो खिचेर यु टयुवमा राखेर प्रचार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सहयोग मिल्थ्यो ,यस प्रति स्थानिय सरकारको ध्यान जानु पर्छ ।” प्राचिन समयमा भीर भरि रहेका दुलोहरुमा बन मान्छेहरु बस्ने गरेको बुढा पाकाको भनाई उदृत गर्दै बान्तावाले जानकारी दिए ।
ओडारे भीर , झाक्री दुलो लगाएत नामले चिनिने झाक्री भीर ओझेलमा परे पछि स्थानिय युवा समेत संरक्षणमा जुटन थालेको सरस्वती माध्यमिक बिद्यालय यु का प्रधानाध्यापक उतmम राईले बताए ।
संरक्षणमा जुटेका युवाहरुले ओझेलमा परेको झाक्री भीरको प्रचार प्रसारमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन । पर्यटकिय भीर संरक्षणमा स्थानिय युवा जुटे पछि झाक्री भीरको डिपिआर गर्ने योजना बनाईएको वडाध्यक्ष भीमप्रशाद राईले बताए । लेमलेम्माहुद डिपिआरका लागि गाउपालिकाबाट दुई लाख बजेट समेत विनियोजन भएको वडाध्यक्ष राईले जानकारी दिए ।
किरात राई बान्तावा भाषामा लेमलेम्माको अर्थ (बन मान्छे वा बन झाक्री) हुने स्थानिय नीमप्रशाद राईले बताए । राईका अनुसार भीर भरि साना ठुला गरी ५० को हाराहारीमा बन मान्छे अर्थात लेमलेम्मा बस्ने दुलो रहेका छन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।