
-शारदा तामाङ राई
कार्तिक-२४ भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले टेम्के मैयुङ गाउपालिकामा टयाम्के भ्यु टावरकोे शिलान्यास गरेका छन ।
आईतबार गृह जिल्ला भोजपुर आएका मुख्यमन्त्री राईले टयाम्के डाडामा रहेको सोमबार भ्यु टावरकोे शिलान्यास गरेका हुन । राईले टयाम्के डाडामा पुगेर भ्यु टावरकोे शिलान्यास गर्नु भएको टेम्के मैयुङ गाउपालिका अध्यक्ष धुव्रराज राईले बताए । टावरको शिलान्यास गर्दै मुख्यमन्त्री राईले प्रदेश एककै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र टेम्के डाँडामा टेम्के भ्यु टावरको शिलान्यास गरेको बताए ।
टावर समय मै गुणस्तरिय ढंगबाट निर्माण सम्पन्न हुने पनि उनले विश्वास ब्यक्त गरेका छन । मुख्यमन्त्री राईले आईतवार खानेपानी तथा सरसफाई डिभिजन भोजपुरको कार्यालय र भोजपुर टक्सार विमानस्थल सडकको उदघाटन गरेका थिए ।
आईतवार नै उनले भोजपुर सभाहल र यलम्बर सभाहलको पनि शिलान्यास गरेको मुख्यमन्त्री राईका प्रेस संयोजक धुव्र सुबेदीले बताए । यस्तै टेम्के मैयुङ गाउपालिकालाई उज्यालो गाउपालिका समेत घोषणा गरिएको छ । मुख्यमन्त्री राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टेम्के मैयुङलाई सोमवार उज्यालो गाउपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाको ९ वटै वडामा बिद्युत बिस्तार भए सगै मुख्यमन्त्रीले उज्यालो गाउपालिका घोषणा गरेको गाउपालिका अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार गाउँपालिकाको जम्मा ३५ सय ३८ घर धुरीमा विद्युत् बिस्तार काम सम्पन्न भएको छ ।
बिद्युत बिस्तारको काम टेम्के मैयुङ गाउँपालिका, प्रदेश १ सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा भएको गाउपालिकाले जनाएको छ ।