
कात्तिक-२६ विराटनगर । नेपाल मेडिकल स्टुडेन्ट सोसाईटीले नोबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टर (इन्टर्न) लाई पीपीईसहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । कलेजमा एमबीबीएस अध्ययनका क्रममा इन्टर्नसिप गर्दै आएका ९० जनालाई सोसाईटीले पीपीई, मास्क, फेससिल्ड, सेनिटाईजर लगायत स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो ।
सोसाईटीले कलेजमा आयोजना गरेको कार्यक्रममा प्राचार्य डा.रामहरी घिमिरे, नेपाल मेडिकल एसोशिएसनका कोशी अञ्चल अध्यक्ष डा.फरवार्ड सिलवाल, सोसाईटीका कार्यक्रम व्यवस्थापक सबिन रेग्मी लगायतले सामाग्री हस्तान्तरण गरेका छन् । कोरोनाको महामारीका बेला उपचारको अग्रमोर्चामा खटिरहेका इन्टर्नहरुलाई सुरक्षित राख्न सामाग्री प्रदान गरिएको सोसाईटीका कार्यक्रम संयोजक राजेश शर्मा पौडेलले जानकारी दिए ।
सोसाईटीले हालसम्म काठमाडौं मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायत ८ वटा कलेजमा कार्यरत करिब ६ सय इन्टर्नहरुलाई सामाग्री प्रदान गरिसकेको छ । ताईवानस्थित चुजी फाउण्डेशनको सहयोगमा सामाग्री प्रदान गर्दै आएको सोसाईटीले देशभरका १४ मेडिकल कलेजका करिब ९ सय इन्टर्नलाई सामाग्री प्रदान गर्ने जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।