
कात्तिक-२६. धरान । कोरोनाको महामारीको कारण यसपाली देउसी खेल्न निषेध गरेपनि धमाधम हरेक बर्ष झैँ देउसी गीतहरु निकाल्ने क्रम यस बर्ष पनि जारी नै रहेको छ । यसैको भींडमा गायक मुकेश देवले तारा लक्सम लिम्बु, बिनोद खम्बु, मिना निरौला लगायतका गायक गायिकाहरु संगको सामुहिक देउसी गीत रिलिज गरेका छन् ।
तिहारै आयो मनै रमायोू बोल रहेको गीतको लिरिकल भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
केदार धितालको शब्दमा बिनोद खम्बुको संगीत रहेको गीतमा मुकेश देव, तारा लक्सम लिम्बु , बिनोद खम्बु र मिना निरौलाको स्वर सुन्न सकिनेछ ।
तिहारै आयो मनै रमायो
चेली देख्दा माईतीको आँसु बरर हो , आँसु बरर
खुशीको आसुँ झर्छ बरर
माइती देख्दा चेलीको आँसु बरर हो ,आँसु बरर
बर्ष र दिनको चाड र पर्व
चेलि माइती सङ्ग सङ्गै मनाउँ मिलेर हो, मनाउँ मिलेर
माईतीको साथ पाए चेलिले
दुःख बिर्सी सुखको आँसु बरर माइती,आँसु बरर
आहै झिलिमिलि झिलिमिलि देउसीरे
आहै के को झिलिमिलि देउसीरे
भिडियो लिंक तल राखिएको छ-
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।