राष्ट्रिय युवा संघ नेपालले तिन वटा बिद्यालयमा सरसफाइ गर्यो

Spread the love

शारदा तामाङ राई
कार्तिक-२९ भोजपुर । सत्तारुढ नेकपा सर्मथित राष्ट्रिय युवा संघ नेपाल अरुण गाउपालिका ७ भोजपुरले तिन वटा बिद्यालयहरुमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । तिहार तथा छैठ पर्वको उपलक्ष्यमा शुक्रबार तिन वटा बिद्यालयहरुमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
सरसफाई अभियानमा ८० जना युवा परिचालन गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अरुण गाउपालिका अध्यक्ष बलभद्र राईले बताए । तिन वटा समुह बनाएर सगरमाथा माध्यमिक विद्यालय सिक्रेटार , जनश्रम बाल कल्याण प्राथमिक विद्यालय चिउरी डाडा र साकेवा प्राथमिक विद्यालय खाल्डेमा सरसफाई गरिएको अध्यक्ष राईले जानकारी दिए । कार्यक्रममा अरुण गाउ पार्टी अध्यक्ष राई सअित ,भोजपुर जिल्ला कार्य समिती सल्लाकार जगत श्रेष्ठ , जिल्ला कमीटी सदस्य कुमार थापा , जनप्रतिनिधी , शिक्षक , विद्यार्थी लगाएतको उपस्थिती रहेको नेकपा अरुण गाउपालिकाले जनाएको छ ।

49150cookie-checkराष्ट्रिय युवा संघ नेपालले तिन वटा बिद्यालयमा सरसफाइ गर्यो

प्रतिकृया दिनुहोस्