
-शारदा तामाङ राई
कार्तिक-२९ भोजपुर । भोजपुर नगरपालिका ९ भोटे पसलमा टेम्पो दुर्घटना हुदा २ जना घाईते भएका छन । जिल्लाको पौवादुम्मा गाउपालिका १ श्यामशिला बाट हटिया आउदै गरेको को २ ह २०७५ नम्बरको टेम्पो शनिवार बिहान दुर्घटना हुदा २ जना घाईते भएको हुन ।
अटो टेम्पोले पैदल यात्रीलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा भोजपुर नगरपालिका ५ बोखिमकी २१ बर्षिय पैदल यात्री मनिषा श्रेष्ठ र भोजपुर नगरपालिका ११ आम्तेकका ३६ बर्षिय टेम्पो चालक राम बहादुर बुढाथोकी घाईते भएका छन । घाईते मध्य आखा र टाउकोमा गहिरो चोट लागेका श्रेष्ठको अवस्था गम्भीर रहेको छ ।
चालक बुढाथोकीको भने हात भाचिएको ट्राफिक प्रहरी जवान बिक्रम राईले बताए । घाईते दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टर बाट काठमांडौ लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।