२०८० जेष्ठ १७ बुधबार

हतुवागढीको घोडेटारमा ट्राफिक प्रहरी पोष्टको स्थापना

पौष-५, हतुवागढी । हतुवागढी गाउँपालिकाको घोडेटारमा ट्राफिक प्रहरी पोस्टको स्थापना भएको छ । गाउँपालिकाको घोडेटार बजार स्थित रहेको इलाका प्रहरी कार्यालयसंगै ट्राफिक प्रहरी पोष्ट समेत राखिएको हो ।

पछिल्लो समय ग्रामिण क्षेत्रतिर समेत सडक सञ्जालको तिव्र विकाससंगै सवारी चाप बढेको कारण सवारी संचालनमा ब्यबस्थित गर्दै नियमन गर्ने उद्देश्यले हतुवागढीको घोडेटारमा समेत ट्राफिक प्रहरी पोष्ट खडा गर्नु पर्ने आवश्यकता रहेको भन्दै गतबर्षदेखी सामाजीक अभियान्ता, नागरिक समाज, ट्राफिक प्रदेश कार्यालय, इटहरी र मूख्यमन्त्रीको सचिवालयले यसको ब्यबस्थापनको लागि लागि परेको थियो ।

यस क्षेत्रमा दिनानु दिन बढदो सवारी चापलाई सुक्षीत ब्यबस्थापन गर्नको लागि कम्तीमा दूई जना भन्दा माथी ट्राफिक प्रहरी राखिनु पर्ने तर तत्कालको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरबाट (ट्राफिक प्रहरी मनोज श्रेष्ठ) एकजना मात्र राखिएको ट्राफिक पोष्ट उद्धघाटनको क्रममा इलाका प्रहरी कार्यालय घोडेटारका प्रमुख जस बहादुर लिम्बुले बताए । यस कार्यमा स्थानीय सरकार र यहाका नागरिकले सक्दो सहयोग गर्न समेत अनुरोध गरे ।

आवश्यक्तालाई मध्यनजर गरेर ट्राफिक पोस्ट पहिलो पटक घोडेटारमा राखिन लागिएकोले स्थानीय सरोकारवाला, यातायात ब्यबसायी, साना ठुला सबै खाले सवारी साधन चालक नागरिले राम्रोसंग ट्राफिक नियमको पालना गरेर चालक अनुमतिपत्र अनिबार्य गराउनको लागि ट्राफिक जनचेतना कार्यक्रमको आयोजना गर्दै एकअर्कामा सहकार्य गर्दै जाने घोडेटार ट्राफिक प्रहरी नविन श्रेष्ठले बताए ।

यस अन्तर्गत भोली विहान श्री सगरमाथा उच्च माविका विद्यार्थीहरुसंग विद्यालय प्राङ्गणमा  ट्राफिक नियम र सडक दुर्घटना सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको समेत जानकारी गराए ।

२०७७ पुष ५, आईतवार १०:५४ गते 1 Minute 30 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।