२०८० आश्विन १४ आईतवार

हतुवागढी घोडेटारमा ट्राफिक सचेतना कार्यक्रममा तिब्रता दिदै

पौष-८, हतुवागढी । ईलाका प्रहरी कार्यलय हतुवागढी घोडेटारमा गत सातादेखि ट्राफिक प्रहरी पोष्ट राखिएसंगै सवारी सचेतना सम्बन्धि विविध कार्यक्रमको आयोजनामा तिव्रता दिएको छ ।

गाउँपालिकाको घोडेटार स्थित रहेको श्री सगरमाथा उच्च मा.वि. मा अध्यायनरत १ सय ६० जना विध्यार्थीहरुलाई हतुवागढीका ट्राफिक प्रहरी नवीन श्रेष्ठले सडक दुर्घटना र न्यूनीकरण सम्बन्धि एकदिने प्रशिक्षण दिएका छन् ।

ट्राफिक प्रहरीले सडक दुर्घटनालाई न्यूनीकरण गर्नको लागि मूख्यतय: जेब्रा क्रसिङ्ग, सवारी चढ्नु ओर्लनु अघि ध्यान दिनुपर्ने कुरा, यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरु, मा.प.से. (मादक पदार्थ सेवन) को कारण हुन सक्ने दुर्घटना, मोबाईल फोन प्रयोग गर्दै सवारी चलाउन नहुने, लापरबाहीले धेरै यात्रुले अनाहकमा ज्यान गुमाएको हुदा सम्पुर्ण सवारी नियम सम्बन्धि, ट्राफिक नियम सम्बन्धि ट्राफिक प्रहरी श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सहभागी र ट्राफिक प्रहरी

प्रशिक्षण कार्यक्रममा मा.वि. का सह प्राध्यपक प्रकाश बान्त्ववा राई, शिक्षक, कृष्ण सुबेदी, हतुवागढी गाउँपालिकाका रुद्र भुजेल, सुझता ढुङ्गेल, कुल बहादुर बस्नेतको उपस्थिती रहेको थियो ।

आगमी दिनहरुमा पनि यस्तै सवारी साधन संचालन सम्बन्धि विभिन्न जनचेतनात्मक कार्यक्रम र सवारी अनुमति पत्र, सवारी विमा, नविकरण सम्बन्धि जानकारीका साथै सचेतनात्मक पोष्टरीङ, पम्प्लेट, होर्डिङ वोर्ड, ट्राफिक संकेत आदिको कार्यलाई क्रमिक रुपमा अगाडी बढाउदै लैजाने ट्राफिक प्रहरी नवीन श्रेष्ठले जानकारी गराए ।

२०७७ पुष ८, बुधबार ०८:५५ गते 1 Minute 40 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।