
पौष-२६, हतुवागढी । भोजपुरको हतुवागढी गाउँपालिकामा आगामी पौष २९ र माघ १ गतेका दिन हसनपुर साहित्य महोत्सवू हुने भएको छ ।
विगत लामो समयदेखी कला साहित्य र संगीतको सेवा गर्दै आएको हसनपुर साहित्य समाज, हसनपुर भोजपुरले यो संस्करणमा महोत्सव गर्न लागेको हो । उक्त महोत्सव २ दिन सम्म चल्नेछ ।
कार्यक्रमको पहिलो दिन समुदघाटन पश्चात अक्षर यात्रामा हतुवागढी, हिजोआज र भोलि माथी वहस हुनेछ । वहसमा हतुवागढी कलारसाहित्य तथा सँस्कृती प्रतिष्ठानका अध्यक्ष कृपालसिं राई, आधुनिक हतुवागढीको साहित्यिक गतिविधिका प्रवर्तक एवम गजलकार विश्वजित राई र लामो समयदेखी हतुवागढीको साहित्यलाई नजीकबाट नियालिरहेका संचारकर्मी तथा साहित्यकार प्रकाश दिप्साली राईले सम्बोधन गर्ने छन भने सन्जाल राईले सहजीकरण गर्नेछन । साथमा प्रतियोगितात्मक नृत्य प्रस्तुती र गजलसेरह आमन्त्रित गजलकारहरुले वाचन गर्नेछन् ।
महोत्सबको दोश्रो दिन कवि पुर्ण सन्ध्या समाधीको टेकेर गुराँसमाथि कविता संग्रहमाथी भलाकुसारी हुनेछ । जसमा स्वयं कवि पुर्ण समाधी सन्ध्या र कवि मुकुन्द प्रयासको गफिने कार्यक्रम रहेको छ । सो भलाकुसारीको सहजीकरण भोजपुरे कवि तथा गजलकार अरुण आकाशले गर्नेछन । त्यसपछि हामी र हाम्रा कविताहरु आमन्त्रित कविहरुले कविता वाचन गर्नेछन । महोत्सवको बिट मरौनीमा चर्चित गायक तथा संगीतकार कृष्णभक्त राईले आफ्नो एकल गायन प्रस्तुत गर्ने छन ।
हतुवागढी गाउँपालिका वडा नं. ९ स्थित रहेको जनसेवा मावि हसनपुरको सभा हलमा आयोजना हुने उक्त महोत्सवको अन्तिम तयारी पुरा भइसकेको आयोजक टिमले जानकारी गराएको छ । महोत्सवलाई सफल पार्नको लागि ९ नं. वडा कार्यालय, अग्रज सर्जकहरु र स्थानीय स्वतहस्फूर्त अन्तिम तयारीमा जुटीरहेको आयोजक हसनपुर कला साहित्य प्रतिष्ठानले बताएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।