
पुस-२६,काठमाडौं । नेपालमा कोरोनाभाइरसका २ सय ५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५ सय १३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा ५ सय १३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार ७ सय ८० जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल चार हजार ४ सय २२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ५ सय १३ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५८ हजार ४ सय ४१ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयले हालसम्म १९ लाख ८२ हजार २ सय ४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९ सय १७ पुगेको छ ।
हाल २५७ जना क्वारेन्टिनमा र चार हजार ४ सय २२ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।