
पुस-२९, काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४ सय ४५ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ४ सय १४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६६ ह्जार १ सय ४३ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । यसै गरी हालसम्म दुई लाख ५९ हजार ७ सय ७२ जना सङ्क्रमित निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९ सय ३७ पुगेको छ ।
498500cookie-checkचौबीस घण्टामा ४ सय ४५ जना सङ्क्रमित थपिए, ४ सय १४ जना निको भए