२०८० चैत्र १६ शुक्रबार

भोजपुरमा पोषण संवेदनशिल कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न

-शारदा तामाङ राई
माघ-२०, भोजपुर । जिल्लामा पोषण संवेदनशिल कृषि कार्यक्रम सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित सु-आहारा दोश्रो कार्यक्रम भोजपुरको व्यावस्थापन तथा कृषि ज्ञान केन्द्र भोजपुर र भेटेनरी अस्पताल पशु बिज्ञ केन्द्रको संयोजनमा सोमबार देखि शुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।नेपाल सरकारले अवलम्बन गरेका बहुक्षेत्रिय पोषण कार्यक्रमलाई सघाउने उदेश्यका साथ तालिमको आयोजना गरिएको सु-आहारा भोजपुरकी प्रमुख अनिता थापाले बताईन । तालिममा स्थानिय निकायका कृषि तथा पशु सेवा शाखाका प्राविधिकहरुलाई पोषण सम्बन्धी रणनितीका बारे प्रशिक्षण दिईएको प्रमुख थापाले जानकारी दिईन । यस्तै नेपालको खाद्य सुरक्षा तथा पोषणको अवस्थाका बारेमा पनि तालिममा सहभागीलाई जानकारी दिइएको सुआहारा भोजपुरका फिल्ड संयोजक मबिन राईले बताए । तालिमको सहजिकरण कृषि प्रचार अधिकृत अनिश सुवेदी, सु-आहारा भोजपुरका पोषण स्वास्थ्य अधिकृत हरीगेन्द्र सिंह र भेटेनरी पशु बिज्ञ केन्द्र संखुवासभाका हिमालय पोख्रेलले गरेको संयोजक राईले जानकारी दिए ।
तालिममा जिल्लाकोे ९ वटै स्थानिय तहका कृषि तथा पशु शाखाका प्रमुख, सु-आहारा कार्यक्रमका ग्रामिण नमुना कृषक तथा स्थानिय श्रोत मानिस समेत गरि ४४ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

२०७७ माघ २०, मंगलवार १५:३५ गते 1 Minute 153 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार