आज भ्यालेन्टाइन्स डे, एक आपसमा प्रेम साटासाट गरी विश्वभर मनाइँदै

तस्वीर : गायक डिल्ली फोम्बोको फेसबुकबाट साभार
Spread the love

फागुन-२, धरान । आज अंग्रेजी क्यालेण्डको १४ फेब्रुअरी अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स डे) नेपाल लगायत विश्वभर जोडीले एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।
हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।

विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन । तर पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।

रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक क्रिष्चियन पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गर्दै सामूहिक बिवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि ती भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिएको कथन छ । यो दिवस अहिले विश्वभर चर्चित हुनुका साथैे नेपालमा समेत यूवायुवतीहरु माझ निक्कै लोकप्रिय बन्दै गइरहेको छ ।

50560cookie-checkआज भ्यालेन्टाइन्स डे, एक आपसमा प्रेम साटासाट गरी विश्वभर मनाइँदै

प्रतिकृया दिनुहोस्