२०८० आश्विन ७ आईतवार

प्रजातान्त्रिक बिचार समाज भोजपुरद्धारा ओलीको प्रतिगमनको कडा भ्रतर्सना

शारदा तामाङ राई
फागुन-२, भोजपुर । प्रजातान्त्रिक बिचार समाज भोजपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको कडा भत्र्सना गरेको छ । प्रतिनिधि सभा विघटन विरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई बिरोध पत्र बुझाउदै समाजले ओलीको प्रतिगमनको कडा भ्रतर्सना गरेको हो । बिरोध पत्र आईतबार सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नेत मार्फत प्रधानमन्त्रीलाई बुझाइएको समाजका जिल्ला अध्यक्ष इन्द्रराज राउतले बताए । बिरोध पत्रमा अलोकतान्त्रिक तथा असंबैधानिक र सर्वसत्ताबादी कदम सच्याउन माग गरिएको छ ।

नेपाली जनताको सात दशक लामो बलिदानी र संघर्षबाट स्थापित उपलब्धी कुल्चने प्रयास नगर्न पनि बिरोध पत्र मार्फत चेतावनी दिईएको अध्यक्ष राउतले जानकारी दिए । संसद बिघटन प्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख गर्दै समाजले संविधानको भावना बिपरित चल्ने अधिकार कसैलाई नभएको ठोकुवा गरेको छ । समाजले ओलीको निरङकुश असंबैधानिक कदमको बिरोध गर्न सबै लोकतन्त्रबादी, पेशाकर्मी, बुद्धीजीवी लगाएतलाई आग्रह समेत गरेको छ । जिल्लामा पछिल्लो समय ओलीको असंबैधानिक कदमका बिरुद्ध विभिन्न राजनितिक दलका साथै दलमा आवद्ध भातृ संस्थाहरुले निरन्तर आन्दोलन गर्दै आएका छन । उनिहरुले प्रतिगमन संग कुनै हालतमा नझुक्ने समेत अठोट गरेका छन ।

 

२०७७ फाल्गुन २, आईतवार १६:५३ गते 1 Minute 36 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार