
फागुण-५, धरान । भोजपुर, धनकुटा र उदयपुरको संगम स्थलको रुपमा रहेकोे त्रिवेणीघाटमा अवस्थित किरात राईहरुको साँस्कृतीक, ऐतिहासिक महत्व बोेकेको खुवालुङ ढुंङ्का (स्थानीय भाषामा ताँबे लुङ्क) लाई संरक्षण र प्रबद्र्दनको लागि खुवालुङ्क संरक्षण समितिका संयोजक तथा किराया सुनसरीका अध्यक्ष बलराम राईको नेतृत्वमा नौ जातीय संस्थाले मुख्यमन्त्री शेरधन राईलाई ध्यानकार्षण पत्र बुझायो ।
प्रदेश नं. १ को मुख्यमन्त्री कार्यालय विराटनगरमा आज एक भेटघाट कार्यक्रमको आयोजना गरी किराया केन्द्रीय कार्यसमिति काठमाण्डौ, किरात राई साँस्कृतीक कलाकार संघ केन्द्रीय समिति, किरात राई सुम्निमा संघ, किरात धर्म संघ केन्द्रीय समिति, किरात याक्खा छुम्मा केन्द्रीय समिति, याम्फू किरात समाज केन्द्रीय समिति र सुनुवार सेवा समाज सुनसरीले संस्थागत रुपमा मूख्यमन्त्री राईलाई ध्यानकार्षण पत्र बुझाएको छ ।

तस्वीर : किराया केन्द्रीय सचिव दोर्पध्वज राई ज्ञापन पत्र बाचन गरेर सुनाउदै ।
केही बर्ष अगाडिदेखी कोशीमा जेटबोट सञ्चालनमा रहेको र खुवालुङले गर्दा बोट सञ्चालनमा अवरोध पुगेको भन्दै विगतदेखी नै यसलाई फुटाउने चर्चा चलेको थियो । हाल केही पर्यटन व्यबसायी कम्पनीहरुले चतराको कोशी नदी हुँदै भोटेकोशी, दोलालघाट सम्म र त्रिबेणीदेखी संखुवासभा सम्म अत्याधुनीक जेटबोट संचालन जलमार्ग प्रयोग गर्ने उद्देश्यले नदी भित्ररहेको छाँङ्का, झर्ना र ठूलठूला ढुङ्काहरुलाई नेपाली सेना वा ब्यबसायीक निर्माण कम्पनीलाइ ठेक्का दिई ब्लाष्टीङ गरेर कोशी सफाई गर्नको लागि विस्तृत अध्यायन (डिपिआर) समेत गरीएको बारे सार्वजानीक भएपछी त्रिबेणीघाटमा रहेको उक्त खुवालुङ्कलाई भने नभत्काइ अन्य बैकल्पीक बाटो खोज्न सरोकारवाला र विभिन्न संघसंस्थालाई किराया सुनसरीले आग्रह गर्दै अभियान नै संचालन गरिरहेको छ ।
किरातीहरुको गहिरो आस्था रहेको यस ढुङ्कालाई स्थानीय किराती भाषामा खुवाको अर्थ चोटपटक घाउबाट निस्कने पिप वा पानी र लुङको अर्थ ढुंगा भनेर बुझिन्छ । खुवालुङ क्षेत्रलाई किराती सभ्यताको विकास हुने क्रमको ऐतिहासिक स्थलकोरुपमा मानिन्छ ।
मुन्धुम अनुसार किराती नक्छोङ, धामी, माङ्पाहरुले आफ्नो धार्मिक कार्य गर्दा यही खुवालुङमा आएर शक्ति आर्जन गरि आÇनो कार्य सिद्धि गर्छन । त्यसैले यो ढुंगा किरातीहरुको मुन्धुमी शक्ति केन्द्रकोरुपमा पनि मानिएको छ । त्रिवेणीघाटस्थित यही महत्वपुर्ण साँस्कृतिक खुवालुङको अस्तित्व भने अहिले नामेट हुन लागेको भन्दै किरात समुदाय चिन्तित बनेका छन । गत माघ १ गते खुवालुङ क्षेत्रमा नै पुगेर किरात राई यायोक्खाको टोलीले सुनसरी अध्यक्ष बलराम राई संयोजक रहेको खुवालुङ बचाउ भेला आयोजक समिति गठन गरेको थियो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।