
फागुन-९, इनरुवा । किरात राईहरुको जातिय संस्था किरात राई यायोक्खा इनरुवा वडा कार्यसमिति १,३,६ र ८ को अधिवेशनबाट अध्यक्ष पदमा सुवास राई सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपाल लेखापढी कानुन ब्यबसायी एसोसिएसन इनरुवाको सभा हलमा सम्पन्न उक्त आधिवेशनबाट सुवास राईको नेतृत्वमा १७ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएका हुन । कार्यसमितिमा अध्यक्ष -सुवास राई, उपाध्यक्ष-विशाल राई, सचिव-सुजाता राई, सह-सचिव-मन्जु राई, कोषाध्यक्ष- सरस्वती राई, सह-कोषाध्यक्ष, सरस्वती राई (ख) सदस्यहरुमा- ओसिन राई, पुष्पा राई, गोपाल राई, जुनलक राई, अन्जना राई, सुस्मा राई, सन्देश राई, योगेश राई, अशोक राई, र नेत्रा राई रहका छन् ।
नव निर्वाचित कार्यसमितिलाई किरात राई यायोक्खाको विधान २०४७ बमोजिम किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीका उपाध्यक्ष हिन्दुाहाङ सोरोङ राईले सपथ ग्रहण गराए भने कार्यक्रमका प्रमुख अतिथी इनरुवा नगरपालिकाका मेयर राजन मेहेताले खदा ओडाई बधाई तथा शुभकामना दिएका थिए ।
पूर्वीक्षेत्रको विभिन्न भूभागबाट बसाइँ सराई भएर इनरुवा आएका करीव ७०-७५ घरधुरी बासोबास गरिरहेका राईहरुको हकहित, अधिकार, भाषा, धर्म, संस्कार, सस्कृति र भेषभूषाको संरक्षणको लागि किराया वडाकार्यसमिति संस्थागत गर्नु परेको र यसलाई चलायमान राखी सधै शिरमा राखेर अगाडि बढने नवनिर्वाचित अध्यक्ष सुबास राईले बताए ।
संख्या र पहुचको हिसावले इनरुवा नपामा अल्पसंख्यीक जातिको रुपमा रहेका किरात राईहरुको यहाँ छुट्टै पहिचान रहेको छ तथापी राज्यले उनीहरुको भावनालाई खासै सम्बोधन नगरेको देखीएता पनि स्थानीय सरकारको प्रमुख भएको हैसियतले आगमीदिनहरुमा राईहरुको हरेक मागलाई सम्बोधन गर्ने कार्यक्रमका प्रमुख अतिथी इनरुवा नपाको मेयर राजन मेहेताले बताए । उनले भने- “किरात राईहरु यो भूमीको प्राचिन जाति हुन्, भूमीपुत्र हुन् यी जातिको भाषा, धर्म, संस्कृति अनि इतिहासको संरक्षण र प्रबद्र्दन गर्ने राज्यको पनि दायित्व हो, बरु सकिन्छ भने किरातीहको पहिलो राजा हाङ यलम्बरको मूर्ति रहने गरी यता कतै उपर्युक्त हुने ठाउँमा यलम्बर पार्क बनाउ म सहयोग गर्नेर्छु ।”
कार्यक्रमका विशेष अतिथी इनरुवा नपा वडा नं. ३ का अध्यक्ष कालुराम गुरुङ्कले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै इनरुवामा रहेका सम्र्पूण किरातीहरु एकढिक्का भएर अगाडि बढ्नुका साथै राजनैतिक क्षेत्र, राज्यको विभिन्न ठाउँमा र स्थानीय सरकारमा समेत पहुच पुरयाउनको लागि अघि बढ्न कोसिस गरे अन्यको पनि सहयोग रहने बताए ।
कार्यक्रममा किराया सुनसरीका सदस्य मेनुका राई, चन्द्र बान्तवा राई, प्रदिप राई, किराया इनरुवाका पूर्व अध्यक्ष लगायत सल्लाहकारहरु साथै विभिन्न जातिय संस्थाका अगुवाहरुको समेत उपस्थिती रहेको थियो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।