
फागुण-१३, काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो सेवा दिई रहेको छ र यसै ठाउँहरुको भित्री सानो सानो ठाउँमा पनि सेवा सुबिधा बढाउने उद्देश्यले कलंकीमा सेवा बिस्तार गरेको हो। क्लासिक टेकको नयाँ आउटलेट कम्पनीको १०० औं आउटलेट पनि हो र हरेक आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएको छ।
क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट थियो तर कोरोना महामारीको कारण भएको लकडाउनपछि ५१ वटा आउटलेट बिगत ८ महिनामा तिब्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट बिस्तार गर्दै गएको छ ।
कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ ।
कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आईरहेको छ भने यो आर्थिक वर्षभित्र FTTH को माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको र यसै महिना पश्चिममा नेपालगंज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले बताए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।