२०८० आश्विन ७ आईतवार

जसपालाई प्रचण्ड–माधवको प्रस्ताव : मिलेर जाऔं

फागुन-१३, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर जाने प्रस्ताव राखेको छ ।

संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड-माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका हुन् । ‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो,’ जसपा नेता राजेन्द्र महतोले भने, ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।’

यसअघि प्रचण्ड-माधव समूहका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । नेताहरुका अनुसार संसद विघटनविरुद्ध आन्दोलन गरेका शक्तिहरु मिलेर जानुपर्छ भन्ने मनसायका साथै दलहरुसँग छलफल भएको हो ।

२०७७ फाल्गुन १३, बिहीबार ०६:४८ गते 1 Minute 39 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार