२०८० चैत्र १५ बिहीबार

बराहक्षेत्रमा डेढ घण्टा गफिए चित्रकार मर्सानी र गजलकार पङ्गेनी

फागुन-२१, धरान । पोखराका चर्चित चित्रकार कृष्ण मर्सानी र प्रख्यात गजलकार प्रकट पङ्गेनी ‘शिव’ बराहक्षेत्रका सर्जकहरुसङ्ग आफ्नो अनुभव बाडेका छन् ।

स्वर्णिम साहित्य समाज बराहक्षेत्र -३ ले आयोजनामा “अग्रजको अनुभव नयाँ पुस्तालाई” विषयक साक्षात्कारमा उनीहरुले नयाँ पुस्तासङ्ग आफ्ना अनुभव बाडेका हुन् । बराहक्षेत्र-३ को नडाहास्थित स्काइ इङ्लिस स्कुलको सभाहलमा चित्रकार कृष्ण मर्सानीले आफ्नो अनुभव सुनाए । उनले चित्रमा जीवन्त रहने बताए । भ्यानबाट ओर्लन नपाउदै चित्रकार मर्सानीलाई आफ्ना शुभेच्छुकहरुको घेरामा परे । लामो समयदेखि कुरेका उनका शुभचिन्तकहरुले कृष्ण सर….भन्दै कसैले अङ्गालो मारे त कसैले धेरै बेर गला अबरुद्ध पार्दै सम्मान प्रकट गरे ।

सो सम्मानमा मर्सानी पनि भावुक बने । अनुभव बाड्ने क्रममा मर्सानीले सफलता निरन्तरतामा रहेको नि बताए । आफ्ना आइडल मानेका मर्सानीका अनुभव उनका फ्यानहरुले बडो चासोका साथ सुने । फ्यानहरुको मायामा उनी भावुक बने । उनले भने मेरो कलाकारिताले आज यहाँहरुमाझ उभिन पाएको छु, यो मेरो अहो भाग्य हो ।चित्रकारिता सम्बन्धी विभिन्न जिज्ञासा सहभागीहरुले राखेका थिए ।

त्यसपछि प्रख्यात गजलकार प्रकट पङ्गेनीको सम्मानमा दर्जन बढी गजलरु सुनिए । जहाँ रोमु अधिकारी , भवानी नेपाल, बिजय योन्जन, दिपा वाग्ले, अच्युत भट्टराई , रामजी दुर्गम, शारदा निरौला, चबेगु राज सानू , अस्मिता भट्टराई, हृदय लिम्बुले गजल वाचन गरे भने प्रदिप योङ्हाङ लिम्बु र दिपा मग्रातीले मुक्तक सुनाए । कवि हिरा खड्का अधिकारीले प्रेमिल कविता सुनाए । झुम्काबाट आएका रोमु अधिकारीले मन छुदो गजल सुनाए ।

“हेरुम न त आज को को आउँछ
अघाएर आउँछ या भोको आउँछ

बिसाइ सके भारी गाउँघरकाले पनि
नाम्लो बेगरको अब डोको आउछ ।”

उपस्थित गजल सर्जकहरुको गजल सुनिसकेपछि आफ्नो सर्टको गलाको माला र खदा मिलाउदै गजलकार प्रकट पङ्गेनीले हसिलो मुद्रामा आफ्नो गजल लेखन अनुभव सुनाए । आफु ६३ वर्ष पुग्दा पनि प्रेमिल गजल लेख्न नछाडेको बताउदै प्रेम जिवन्त रहेको बताए । प्रेम जीवन्त रहेकाले नै प्रेमिल गजलहरु सबैको प्रिय हुने गरेको बताए । उनले गजललाई बढी नियमहरुसङ्ग बन्धनमा पार्न खोजिएको पनि बताए । बिधालाई यसरी साङ्लोले बाधिए पछि त्यो चौतर्फी नफस्टिने पनि बताए । उनले आफ्ना चर्चित २ वटा गजल सुनाए ।

हातमा समाइ उनलाइ खोला तार्नुको मजा बेग्लै थियो
साडिको फेर अलि माथी सार्नुको मजा बेग्लै थियो ।”

कार्यक्रमपश्चात् शुभेच्छुक तथा शुभचिन्तकहरुले आफ्ना आइडल कृष्ण मर्सानीलाई घेरा हाले । फोटो सेसनमा भ्याई नभ्याई नै भयो । आफ्ना यति धेरै शुभेच्छुकहरु देखेर घरी घरि भावुकिए पनि । पुर्वको यात्रामा यति धेरै माया पाउँदा आफु भावबिह्वल भएको बताए।

धनकुटा, भोजपुर, मोरङ र सुनसरीका सर्जकहरुको उपस्थिति रहेको सो कार्यक्रमलाई समाजका उपाध्यक्ष शरणकुमार लिम्बुले संयोजन गरेका थिए ।

२०७७ फाल्गुन २१, शुक्रबार ०७:३७ गते 1 Minute 156 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार