२०८० आश्विन ११ बिहीबार

भोजपुरको कैलाश डाडामा शिव गोरक्षनाथ मन्दिर निर्माण हुने

-शारदा तामाङ राई
फागुन-२५ भोजपुर । भोजपुर नगरपालिका ९ कैलाश डाडामा शिव गोरक्षनाथ मन्दिरको निर्माण हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन पर्वद्धन गर्ने उदेश्यले मन्दिर निर्माण हुने भएको हो ।

शिव मन्दिर निर्माणको बिषयमा मंगलवार अन्र्तक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । अन्र्तक्रिया दावाली मिलन क्लव काठमाडौको प्रायोजन तथा गोरखनाथ कल्याण केन्द्र काठमाडौ र भोजपुर उद्योग बाणिज्य संघले आयोजना गरेको हो ।


तिन करोड ३३ लाखको गुरु योजना सहित निर्माण हुन लागेको मन्दिरको शिलान्यास फागुन २७ गते हुने गोरखनाथ कल्याण केन्द्रका सयोजक राजेश श्रेष्ठले बताए । सयोजक श्रेष्ठका अनुसार मन्दिर शिलान्यास कार्यक्रम महा शिवरात्रीको अवसर पारेर गर्न लागिएको हो ।

मन्दिर निर्माणका लागि भोजपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष डम्बर श्रेष्ठको संयोजकत्वमा ११ सदस्य मन्दिर निर्माण उपभोतmा समिति गठन गरिएको छ । मन्दिर ५४ फिट अग्लो शिखर शैलीको निर्माण हुने दावाली मिलन क्लव अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए । मन्दिर संगै योगध्यान केन्द्र र बैदिक पाठशाला समेत संञ्चालन गरिने निर्माण समितीका अध्यक्ष डम्बर श्रेष्ठले बताए ।

 

२०७७ फाल्गुन २६, बुधबार ०६:०५ गते 1 Minute 56 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार