
-शारदा तामाङ राई
फागुन-२५, भोजपुर । भोजपुरको रामप्रसाद राइ गाउपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिबिर रामप्रसादराइ गाउपालिका स्वास्थ्य शाखाको आयोजानामा मंगलबार सम्पन्न भएको हो ।
१ सय ११ औ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा सोमबार बैकुण्ठे स्वास्थ्य चौकी र मंगलबार ओख्रे स्वास्थ्य चौकीमा शिबिर आयोजना गरिएको गाउपालिकाकी उप प्रमुख सम्झना राईले बताईन । शिबिरमा दुई वटा केन्द्र बाट १३ सय २२ जनाको स्वास्थ्य परिक्षण गरिएको उप प्रमुख राईले जानकारी दिईन ।
उप प्रमुख राईका अनुसार शिबिरमा गाउपालिकाको ८ वटै वडा बाट आएका एक हजार ३ जना महिला र ३ सय २२ जना पुरुषले स्वास्थ्य परिक्षण गराएका छन । शिबिरमा काठमाण्डौं ट्रमा सेन्टरका हाड जार्नी डाक्टर दिपेश परियार, मेडिसियन बिभागका डाक्टर अमितेश राज पाण्डे, मेडिकल अधिकृत डाक्टर दिपेश श्रेष्ठ, स्त्री तथा प्रसुती रोग बिसेसज्ञ डाक्टर शुधा शाहले बिभिन्न रोगको परिक्षण गर्नु भएको छ । शिबिरमा हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवा, स्त्री तथा प्रसुती रोग बिशेषज्ञ सेवा, जेनेरल मेडिसिन सेवा महिलाहरुका लागि भीआईए सेवा, क्यान्सर जाच सम्बन्धी सेवा तथा सल्लाहा र बाल रोग सेवा दिईएको गाउपालिका अध्यक्ष बिजय राईले बताए ।
गाउ घरमै निशुल्क स्वास्थ्य सेवा पाए पछि गाउपालिका बासी खुसी भएका छन । शिबिर कै अवसरमा आमाहरुको स्वास्थ्यलाई ध्यान दिदै पोषणका लागि सुत्केरी तथा गर्भवती महिलाहरुलाई ५ हजारका दरले रकम समेत बितरण गरिएको छ । स्वास्थ्य शिबिर गाउपालिकाकी उपाध्यक्ष सम्झना राईको अध्यक्षता तथा अध्यक्ष बिजय राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको गाउपालिकाले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।