
फागुन-२८, नडाहा । बराहक्षेत्र नगरपालिका-५, कालाबन्जरमा अवस्थित सिद्धार्थ मेमोरियल इङ्लिस स्कुलमा अध्ययनरत कक्षा-७ का विद्यार्थीहरुले ‘कलम’ मासिक बालभित्तेपत्रिकाको प्रकाशन सुरु गरेका छन् ।
आज एक कार्यक्रमबिच सो भित्ते पत्रिकाको सोही स्कुलका प्रिन्सिपल कृष्ण तामाङले लोकार्पण गरेका हुन् । लोकार्पण पश्चात् कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कृष्ण तामाङ बोल्दै विद्यार्थीको निम्ति विद्यालय हरचिज सिक्ने ठाउँ रहेको बताउदै आफ्नो कर्तव्यलाई शिरोपर गर्नुपर्ने बताए । उनले थपे “हामीले हरेक कुरा गर्न सहज भए नि निरन्तरता दिन गारो हुने बताउँदै कलम पत्रिकालाई निरन्तरता दिन सधै उत्साहित भएर अघि बढ्न पत्रिका टिमलाई अनुरोध छ । विद्यालयको तर्फबाट गर्नुपर्ने सहयोगको निम्ति म तत्पर छु । यसको थप गुणस्तर कसरी बढाउन सकिन्छ ? त्यता तर्फ नि पत्रिका प्रकाशन टिम योजनावद्ध तरिकाले अघि बढ्नुपर्दछ ।””कलम पत्रिकालाई माषिक रुपमा प्रकाशन गर्दै विद्यालय भित्रका गतिविधि तथा विद्यार्थीहरुमा रहेको प्रतिभाहरुलाई प्रकाशन गर्दै फुलाउने र फलाउने छौँ ।” सो पत्रिकाका प्रमुख संवाददाता सुसान चौधरीले बताए ।
कार्यक्रमलाई कलम भित्ते पत्रिकाका सम्पादक रिया भण्डारीले सन्चालन गरेकी थिइन् भने सभाध्यक्ष कक्षा – ७ का छात्रा रोशिका देउजाले गरेकी थिइन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।