२०८० चैत्र १६ शुक्रबार

आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको “प्रथम राष्ट्रिय भेला – २०७७” चैत्र ७ र ८ गते हुने

चैत्र-५, नडाहा । आदिवासी जनजाति साहित्यकार महाङ्घ नेपालको प्रथम राष्ट्रिय भेला यही चैत्र ७ र ८ गते ललितपुरमा हुने भएको छ ।

साहित्यमा आदिवासी जनजाति हक र अधिकारसङ्सङ्गै आदिवासी जनजातिको सौन्दर्यलाई लेखनमा उजागर गर्ने उदेश्यका साथ स्थापित सो महासङ्घको दुई दिनसम्म चल्ने सो भेला यलाखिम, महालक्ष्मी स्थान ललितपुरमा हुनेछ । सो भेलामा विविध कार्यक्रमहरु हुनेछन । यो प्रथम राष्ट्रिय भेलाको नारा भने “साहित्यमा आदिवासी सौन्दर्य लेखौ, अग्रगमनको यात्रामा बढौ ।” तय गरिएको छ ।

जसमा पहिलो दिन उद्घाटननमा उदघाटन मन्तव्यमा अदिवासी जनजाति महिलाको सवालमाथी कैलाश राईले बोल्नेछन् । यस्तै बन्द सत्रमा कार्यपत्र प्रस्तुत गरिनेछ भने आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्यकता विषयमा डा. तारालाल श्रेष्ठले बोल्नेछन् । यस्तै नेपालमा मातृभाषाको सवालमाथी अमृत योञ्जनले आफ्नो धारणा राख्नेछन् । त्यसपछि महासङ्घको विधान प्रस्तुत हुनेछ र प्राज्ञिक परिषद् गठन हुनेछ ।
यस्तै अन्तिम दिन घोषणा पत्र जारीसङ्सङ्गै महासङ्घको राष्ट्रिय भेला समापन गरिने महासङ्घका संयोजक राजन मुकारुङ्ले बताए ।

२०७७ चैत्र ५, बिहीबार १०:१६ गते 1 Minute 103 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार