२०८० मंसिर १४ बिहीबार

आदर्श उच्च मा.वि.का विद्यार्थीद्वारा प्रकाशित प्रयास भित्ते पत्रिकाको लोकर्पण

चैत्र-७, बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका -२ मा रहेको आदर्श उच्च मा.वि.मा अध्ययनरत उत्साहित विद्यार्थीहरुद्वारा ‘प्रयास’ मासिक भित्ते पत्रिकाको चैत्र ६ लोकार्पण भएको छ ।

आज एक कार्यक्रम आयोजना गरि सोहि विद्यालयका प्रमुख अतिथि समेत रहेका शिक्षक ज्ञान बहादुर पाण्डे, विशेष अतिथी वरिष्ठ गजलकार रोमु अधिकारी र कार्यक्रमका साभाध्यक्ष सुगम घिमिरेले संयुक्त रुपमा सो पत्रिकाको लोकार्पण गरेका हुन् ।

कवि दीपा मग्रातीद्वारा सम्पादित सो पत्रिकाको लोकार्पण कार्यक्रममा बोल्दै वरिष्ठ गजलकार रोमु अधिकारीले यसरी विद्यार्थीहरुमा सिर्जनशीलता हुनुले आफूसङ्गसङ्गै सिङो सिर्जनशील मनहरुलाई समेट्ने बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथि ज्ञानबहादुर पाण्डेले यसरी विद्यालयमा हरेक गतिविधि हुनु भनेको विद्यालयको समेत प्रवर्द्धन भएको बताउदै यो भित्ते पत्रिका प्रकाशनलाई निरन्तरता दिन अनुरोध पनि गरे उनले विद्यालयका तर्फबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो लोकार्पण कार्यक्रममा वर्षा भट्टराई , रोमु अधिकारी, उपर्जन चाम्लिङ राई , हर्क दुलाल, दिपा मग्राती लगायतले रचना वाचन गरे । प्रयास भित्ते पत्रिकाका सम्पादक दीपा मग्रातीले सन्चालन गरेको सो कार्यक्रममा योजना राईले उपस्थित पाहुनाहरुलाई गीत मार्फत स्वागत गरेका थिए । योजना राईको स्वरको कदर गर्दै उपस्थित अतिथीहरुले सम्मान स्वरुप नगद समेत प्रदान गरेकाथिए । भने कार्यक्रमका सभाध्यक्ष सुगम घिमिरे रहेका थिए ।

२०७७ चैत्र ७, शनिबार ०४:४१ गते 1 Minute 89 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार