२०८० आश्विन १२ शुक्रबार

लिम्बू कथानक चलचित्र थेत्लङ, चैत ११ गते धरानमा प्रदर्शन हुँदै

चैत्र-१०, धरान । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने भएको छ । चैत्रदेखि प्रदर्शन प्रारम्भ हुने  चलचित्रका निर्माता गायक तथा संगीतकार मनि ताम्लिङले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । उक्त सिनेमा पूर्वको सुन्दर नगरी धरानमा भने  चैत ११ गतेबाट प्रदर्शन हुँदैछ ।

सिक्किम युनिभर्सिटीको ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा, संवाद र किशोर सुब्बाले निर्देशन थरेका हुन् । चलचित्र सिक्किमको रमणीय स्थलमा छायांकन गरिएको छ ।

सिक्किम र काठमाडौंमा सफल प्रदर्शन भइसकेको चलचित्रले विभिन्न स्थानमा प्रदर्शन हुने तयारी हुँदाहुँदै विश्वव्यापी कोरोना महामारीका कारण स्थगित भएको थियो । प्रदर्शन पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङका विभिन्न सहरमा प्रदर्शन हुने भएको हो । चलचित्र लिम्बू भाषामा भएपनि आधुनिक कथामा रहेको छ ।

सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएकोे चलचित्रमा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, शान्ति सुब्बालगायतले अभिनय गरेका छन् । सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्य निर्देशन दिनेश माङ्मु, संगीत कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पविन आङ्देम्बे, निर्देशन किशोर सुब्बाको रहेको छ ।

 

२०७७ चैत्र १०, मंगलवार ०५:०४ गते 1 Minute 44 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार