२०८० आश्विन १४ आईतवार

रु रु जलविद्युतले प्रिमियममा आइपीओ निष्कासन गर्दै

चैत्र-११, काठमाडौं । ठूलादेखी साना सम्मका कम्पनीहरुले लगालग सेयर निस्कासन गरीरहेको बेला रु रु जलविद्युत परियोजना लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पानीले चैत्र २० गतेदेखि १०० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार कित्ता शेयर निष्कासन गर्ने जनाएको हो ।

कम्पनीले निष्कासन गर्ने कुल कित्तामध्ये कर्मचारीहरुको लागि ८ हजार १५४ कित्ता, सामुहिक लगानी कोषका लागि २० हजार ३८५ कित्ता शेयर छुट्टाएको छ । बाकी रहेको ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

आवेदन दिन इच्छुकहरुले शेयर खरिदको लागि चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले व्यवस्था गरेको छ । तोकिएको समयसम्ममा पुर्ण आवेदन नपरेमा बैशाखसम्म ३ गतेसम्म समय थप गर्ने भएको छ । आवेदकहरुले आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम सम्पुर्ण सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरुबाट आवेदन दिनसक्नेछन् । आईपीओ बिक्रि गरेपछि कम्पनीको ४० करोड ७७ लाख ५ हजार ५ सय पुग्ने भएको छ ।

२०७७ चैत्र ११, बुधबार ०९:१७ गते 1 Minute 37 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।