
-शारदा तामाङ राई
चैत्र-१४, भोजपुर । संघिय सांसद सुदन किरातीले खुखैलाका आगलागी पिडितलाई २ सय ४० किलो चामल वितरण गरेका छन । सांंसद किरातीले जिल्लाको हतुवागढी गाउपालिका वडा नम्बर ८ पात्लेपानी स्थित खुखैलाका आगलागी पिडितलाई खाद्यन्न वितरण गरेका हुन ।
उनले नेकपा माओवादी केन्द्र हतुवागढी ईन्चार्ज सुनिता किराती र वडा नम्बर ८ का वडाध्यक्ष प्रविन राई मार्फत आगलागी पिडित ४ घर परिवारलाई आगलागी पिडित चार घर परिवारलाई चामल, दाल लगाएत खाद्य सामाग्री पठाएका हुन । घटना प्रति दु:ख ब्यक्त गर्दै सांसद किरातीले आफनो तर्फबाट पिडितका लागि प्रथम राहत पठाएको बताए । उनले पिडितलाई सहयोग गर्न सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका छन । राहात स्वरुप खाद्यन्न पाए पछि खुखैलाका आगलागी पिडत खुसी भएका छन ।
आगलागीबाट अर्जुन राई, कञ्चन राई, शान्तकुमारी राई कालीबहादुर राईको घर र गोठ जलेको स्थानिय बिश्वजीत राईले बताए । विहिबार बेलुकी मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसे पछि चार घर जलेर नष्ट भएका हुन् । सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेको स्थानियले बताएका छन । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।