२०८० आश्विन १२ शुक्रबार

आगलागि पीडितलाई प्रवासी हतुवालीको सहयोग, प्रदेशले पनि दिए राहत प्याकेज

चैत्र-३०, भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिका वडा नं. ८ पात्लेपानी खुकैलाका आगलागि पीडितहरुलाई प्रदेशमा बस्ने हतुवाबासीले सहयोग गरेका छन् । हतुवागढीमा जन्म भई हाल विभिन्न ठाउँमा बासोेबास गरिरहेका हतुवाबासीहरुले स्वतहस्फुुर्त संकलन गरी घरको छानो कर्कट पाता र नगद रकम प्रदान गरेका हुन । चैत्र २९ गते पीडितहरुको घरमै पुगी मुख्यमन्त्री शेरधन राईले उक्त राहत हस्तान्तरण गरेको थियो ।

हतुवागढी गाउँपालिका वडा नं. २ स्थायी घर भई हाल धरानमा बासोबास गरीरहेका पूर्व सिंगापुर पुलिसका जीवन खाहोङ राई र हतुवागढी–३ सिन्द्राङ (हाल धरान) मा बासोबास गरीरहेका किरात राई यायोक्खा सुनसरीका उपध्यक्ष हिन्दुहाङ सोरोङ राईले तत्काल अग्नी पीडितहरुको सहयोगको लागि स्वदेश तथा विदेशमा बस्ने गाउँबासीहरुसंग राहत संकलन अभियान संचालन गरेका थिए ।

अभियान संचालनबाट जम्मा १ लाख ९० हजार ५ सय ३५ रुपैया संकलन भएको थियो । जसमध्ये  हतुवागढी गाउँपालिका वडा नं. २ घरभई हाल सिंगापुर पुलिसमा कार्यरत राजकुमार राईको अगुवामा ४४ हजार ५ सय संकलन भएको थियो । हतुवागढी सिन्द्राङ–३ का हाल दक्षिण कोरीयामा कार्यरतर गोकुल (गौरब) राईको अगुवामा २९ हजार ५ सय ३५ रुपैया संकलन भएको थियो भने नेपाल र अन्य देशबाट एकलाख सोह« हजार चार सय पैसठ्ठी रुपैया संकलन भएको थियो ।

सबै ठाउँबाट उठेको रकमबाट प्राविधिकको स्टीमेट अनुसारको प्रतिघर धुरी १६x२९ साइजको घर निर्माण हुने गरी चारघर परिवारको लागि १४ बण्डल कर्कट पाता र एक सय साठ्ठी फिट प्लेनसिट खरीद गरेर आगलागी स्थलसम्मको दुवानी खर्च समेत गरेर बाँकी रहेको १३ हजार ६ सय रुपैया चारघर परिवारलाई दामासाही रुपले वितरण गरिएको थियो ।

उक्त राहत वितरण गर्दै मुख्यमन्त्री शेरधन राईले अभियानमा सहभागी सबैलाई धन्यबाद ब्यक्त गरेका थिए । “दुख बाँडे आँधा हुन्छ, सुख बाँडे दोब्बर” विपत भन्ने कुरो कसैको पेवा नभएकोले यस्तै दुख र आपत विपतको बेला एकअर्कामा सहकार्य गर्दै जाने संस्कार बसाइयो भने एउटा सुखत वातावरण स्थापीत हुने समेत मुख्यमन्त्री राईले बताए । राहत संकलनका अभियान्ता जीवन खाहोङ राईले स्वादेश तथा विदेशमा रहेर पनि आफ्नो गाउँघरमा विपत परेको बेला सम्झेर सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिए ।

उक्त दिन आगलागि पीडितहरुलाई प्रदेश सरकारको दैबी प्रकोप तथा उद्धार कोषको तर्फबाट पनि प्रतिघर रु. ५०/५० हजार, दैबीप्रकोप स्थायी घर, टेन्ट, न्यानो कम्बल, चामाल, नुन, तेल, दाल, चिनी र बन्दोबस्तीका सामान माननीय मुख्यमन्त्री राईले वितरण गरेका थिए ।

गत चैत्र १२ गते विहिबारका दिन भोजपुरको हतुवागढी गाउँपालिका पात्लेपानी वडा नं. ८, खुकैलामा मालढुङ्गा सामुदायिक बनबाट पसेको डडेलोले ४ घर पूर्णरुपमा जलेर ध्वास्त भएको थियो ।

२०७७ चैत्र ३०, सोमबार ०३:०४ गते 1 Minute 54 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार