२०८० आश्विन १४ आईतवार

रामप्रसादराई गाउपालिकामा माओबादी केन्द्रमा प्रवेश गर्नेको लहर चल्दै

-शारदा तामाङ राई
चैत्र-३० भोजपुर । जिल्लाको रामप्रशाद राई गाउपालिकामा नेकपा माओबादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको छ । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरि माओबादीमा प्रवेश गर्नेको लहर चलेको हो । अहिले सम्म १६ जना नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन ।

गाउपालिकाको पाच वटा वडामा पार्टी परित्याग गरि उनिहरु नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका हुन । पार्टी परित्याग गर्नेमा नेकपा एमाले , नेपाली काग्रेस लगाएत दलका कार्यकर्ता रहेको माओबादी केन्द्रका रामप्रसादराई गाउपालिका अध्यक्ष सुरेश चन्द्र राईले बताए । अध्यक्ष राईका अनुससार वडा नम्बर ५ मानेभञ्ज्याङ बाट र्ईन्द्र बहाददुर खत्री , उमेश बुढाथोकी , राम कुमार बस्नेत र रमेश बस्नेतले एमाले परित्याग गरेका छन । यस्तै वडा नम्बर १ आख्रेबाट कुमार तामाङ , सन्तोष तामाङ , रिमा राई र सोनिता राई , वडा नम्बर ३ भुल्केबाट सटल तामाङ , मिना तामाङ , निशा राई , मनि कुमार तामाङ , कमला दर्जी र चन्द्रमा मगरले नेकपा एमाले परित्याग गरेका हुन ।

पार्टी परित्याग गर्नेमा वडा नम्बर ७ बासिखोराका जस बहादुर राई र वडा नम्बर ६ बैकुण्ठेका उतmम राई रहेको अध्यक्ष राईले जानकारी दिए । माओवादीले उठाएका मुद्धाहरु जन भावना अनुरुपका जनमुखी भएका कारण पार्टी परित्याग गरेको उनिहरुले दावी गरेका छन । पार्टी परित्याग गरेकाहरुलाई भब्य रुपमा स्वागत समेत गरिएको नेकपा माओबादी केन्द्र रामप्रशाद राई गाउपालिकाले जनाएको छ ।

२०७७ चैत्र ३०, सोमबार ०३:२९ गते 1 Minute 60 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।