२०८० चैत्र १५ बिहीबार

काेराेनाबाट १३ जनाकाे मृत्यु, ४९६ नयाँ सङ्क्रमित पहिचान

चैत्त-३०, काठमाडौं । नेपालमा कोरोना भाइरसका ४९६ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको जानकारी गराएको छ ।

पछिल्लो चौबीस घण्टामा १३८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार १६५ जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले १३ ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ५३ जनाको मृत्यु भएको छ ।

हाल तीन हजार ३०६ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख १७ हजार २८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

२०७७ चैत्र ३०, सोमबार १२:०६ गते 1 Minute 292 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार