२०८० आश्विन १४ आईतवार

अर्को वर्ष भेट्ने वाचाका साथ सकियो “जेफाले सिर्जना उत्सव -२०७८”

-प्रकाश दिप्साली राई

बैसाख-३ मोरङ । मोरङको जेफालेमा पर्यटन र साहित्य परिपुरक बन्ने वाचा र विभिन्न सेसनहरुसङ्गै गत वैशाख १ गते सम्पन्न भएको छ भने खेलकुदहरु निरन्तर सन्चालन भैरहेको छ । नयाँ वर्ष २०७८ को अवसरमा केराबारी गाउँपालिकाको वडा नम्बर २ ले आयोजना गरेको सो उत्सवमा पुर्वान्चलभरिका कवि तथा गजलकारहरुले रचना वाचनसङ्गै विविध विषयमाथि भलाकुसारी गरे ।

उत्सवमा घायल ठुलेको “छाडिछान मन लाग्दैन सुन्दर ठाउँलाई भुली जेफालेमा मुस्कुराउछे चौविसेकी ठुली….” बोलको गीत सार्वजनिक, वहस, प्रतिनिधि कविता तथा गजल वाचन गरिएको थियो । साहित्यिक अभियानता युवराज ठकुरीले सहजीकरण गरेको “पर्यटन साहित्य किन र केका लागि” भन्ने प्यानल डिस्कसमा कवि राज माङ्लाक, पर्यटन व्यबसायी डिल्लिराम शर्मा अधिकारी र गाउँ पालिका उपाध्यक्ष शान्ती भुजेल चेम्जोङले छल्फल गरे ।

जेफालेको पर्यटन प्रवर्द्धनमा कवि कलाकारको महत्त्वपूर्ण योगदान रहेको बताउदै जेफाले सिर्जना डबलीको भुमिका महत्वपुर्ण रहेको बताए । अर्का वक्ता केराबारीगाउँपालिकाका उपाध्यक्ष शान्ती भुजेलले यी यस्ता कार्यक्रमले नै सिर्जनाको महत्व देखिदै जाने र लेखनमा स्थानीय ठाउँहरुको उठानले कुनै ठाउँको महत्त्व र त्यहाँको पर्यटन प्रबर्द्धन हुँदै जाने कुरा बताइन् । अर्का वक्ता कवि राज माङ्लाकले राज्य, स्थानीय तह वा साहित्यिक अभियानताले पर्यटन साहित्यलाई फरक ढङ्गले हेर्नुपर्ने बताए । उनले केराबारी गाउँपालिकाको वार्ड नम्बर -२ को कला र साहित्य प्रतिको लगावलाई मुक्त कण्ठले प्रशम्शा गर्दै अब पर्यटन र साहित्य एक अर्काको परिपुरक जस्तै बनाउन प्रोजेक्टको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए । साथै आजका प्राय ठाउँहरुले उचाइ लिनुमा कवि र कलाकारहरुको नि कुनै न कुनै भुमिका रहेको जिकिर गरे ।

उत्सवको अर्को सेसनमा ख्याती प्राप्त कविहरुले कविता वाचन गरे । नवीन थापा क्षेत्री (आमा) , सबिता फागो चोङ्बाङ (बुवाआमाको मन), विवश बिबेक रेग्मी(केटाकेटी), रोशन परियार(सिक्का र नोट), मुकुन्द प्रयास(बाँस) र बद्री भिखारी (नागरिकता)ले कविता सुनाए । सो सेसनका वक्ताका रुपमा रहेका कवि मनु मन्जिलले कविता लेखन एउटा इनर्जी रहेको बताउदै आफ्नो कुरालाई सबैले मन पराउने किसिमले राख्नु पर्ने बताए । दर्षक दिर्घाको अत्याधिक माग पश्चात उनले आफ्ना लोकप्रिय कविताहरु “पहाडको साघुरो बाटो” र “दुश्मन” कविता सुनाए । तत्पश्चात उत्सवको अन्तिम सेसनमा दामी गजलमा कहलिएका ७ जना गजलकारहरुले गजल सुनाए ।

शुक्र आङ्ग्देम्बे (पाटीगाउँ ), दिपा वाग्ले(झुम्का), बिश्वजित चाम्लिङ(भोजपुर),तारा दिप्साली राई(धरान),कृष्ण कास्यप(पानथर),लोकेन्द्र बन्जरा(दमक) र जे बि थुलुङ (बेलबारी) आफ्ना लोकप्रिय दुई, दुई गजल सुनाए । यता खेलकुदका कार्यक्रमहरु निरन्तर चलिरहेका छन् ।

उत्सवका प्रमुख अतिथि केराबारी गाउँपालिकाका अध्यक्ष रोहितकुमार कार्कीले साहित्यमा बिबिध कुराहरुमाथी छलफल हुनु र साहित्य सिर्जनाले एउटा गाउँ ठाउँको चिनारीलाई थप मजबुत गराउनु महत्वपूर्ण काम रहेको बताउदै कला र साहित्यको लागि आफुले सक्दो सहयोग गर्ने बताए ।डब्लु खाण ठकुरीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य वडासचिब रन्जित बुढाथोकीले राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष केराबारी गाउँ पालिकाका वडाअध्यक्ष प्रेमकुमार लिम्बु रहेका थिए ।

२०७८ बैशाख ३, शुक्रबार १५:४२ गते 1 Minute 127 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।