
बैशाख-१५ काठमाण्डौ । कोरोना विरुद्ध दुई डोज खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकोमा दुई जना स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
दुई महिला स्वास्थ्यकर्मीले दुई डोज कोरोना खोप लगाएपनि कोरोना सक्रमण देखिएकाले थप सर्तकता रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । ‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन’ घिमिरेले भन्नुभयो ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजन हुनेछ ।’
१४ जना पीसीआर र एक जना एन्टिजिन परिक्षणमा गरी १५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबारको संक्रमित संख्या संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८४ पुगेको छ ।
पछिल्लो समय छिमेकी मुलुक भारतपछि नेपालमा पनि संक्रमीतको संख्या ह्वात्तै बढेको छ । तिब्र्रगतिमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रणको लागि बैैसाख १६ गतेदेखी देशब्यापी रुपमा सवारी साधान लगायत अन्य सार्वजानिक काम कार्यसंगै लकडाउनको अभ्यास गर्ने सरकारको तयारी रहेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई eposttimesnews@gmail.com र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।