
बैसाख-१५, धरान । कोभिड-१९ को दोश्रो लहरको संक्रमण तिब्ररुपमा बढ्दै जाँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि संक्रमीतको संख्या ह्वाट्टै बढेको छ । त्यस कारण नियमित सेवामा समेत असहज भइरहेकोले अत्यावश्यक नपरी अस्पताल नआउन अपिल गरेको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले आज सार्वजनिक अपिल जारी गर्दै महामारीको दोस्रो लहरको प्रकोप कम नहुँदासम्म सबैले कोभिड १९ को रोकथामको सुरक्षा उपायहरु अवलम्बन गर्न र अत्यावश्यक काम नपरी अस्पताल नआउन अपिल गरेका हुन । कोभिड महामारीको दोस्रो लहर विश्वव्यापी भएसँग प्रतिष्ठानमा दैनिकरुपमा कोभिड १९ का विरामीहरु आउने तथा भर्ना हुने दर द्रुतगतिमा बढ्दै गइरहेको प्रतिष्ठानले जनाएको छ ।
साथै,प्रतिष्ठानस्थित कोभिड १९ अस्पतालमा जटिल किसिमका विरामीहरु भर्ना गरेर उपचार गराउनुपर्ने आवश्यकता बढ्दै गएको समेत निर्देशक डा. साहले अपिल मार्फत जानकारी गराएका छन । महामारीको बाध्यात्मक अवस्थाले पुरयाएको असहजता बुझिदिन प्रतिष्ठानले आग्रहसमेत गरेको छ ।
यस वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रदेश नं. १ र २ को कोभिडका विरामीहरु आउने भएकोले पनि अस्पतालमा कोभिड १९ उपचार सेवा थप विस्तार गर्नु आवश्यक्तान देखा परेको छ त्यसैले यहाँ आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु स्थगन गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना प्रचुरमात्रमा रहेको प्रतिष्ठानले अपिलमा मार्फत जानकारी गराएका छन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।