२०८० मंसिर २४ आईतवार

खुकैलाका आगलागी पीडितलाई कवि कलाकारहरुले गरे १ लाख ६७ हजार आर्थिक सहयोग

बैसाख-१५, हतुवागढी । गत चैत्र १२ गते हतुवागढी-८ को खुकैलामा आगलागीमा परेका पीडित परिवारलाई पात्लेपानी कला/साहित्य प्रतिष्ठानको आह्वानमा सङ्कलित रकम पीडित परिवारलाई आज हस्तान्तरण गरिएको छ ।

पात्लेपानी कला/साहित्य प्रतिष्ठान, पात्लेपानीको आह्वानमा देश तथा विदेशमा रहेका कवि, कलाकार तथा पत्रकारहरुले सङ्कलन गरेको रकम १ लाख ६७ हजार ६ सय ९० रुपैयाँ पीडित परिवारको घरदलानमै हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईमार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । जसमा हसनपुर निवासी हाल : दुवईमा कार्यरत पत्रकार तथा गीतकार शम्भु बाछना राईको अगुवाइमा रु. ९२ हजार ९ सय ६५ रुपैयाँ , हतुवागढी होमताङ निवासी , हाल जापानमा कार्यरत कार्यरत म्यामराज राईको अगुवाइमा २५ हजार रुपैयाँ, स्वर्णिम साहित्य समाज, बराहक्षेत्र -३ को अगुवाइमा १७ हजार १ सय ५ रुपैयाँ , हतुवागढी रानीबास निवासी, हाल द. कोरियामा कार्यरत कवि तथा समालोचक दिलिप बान्तावाको अगुवाईमा १५ हजार रुपैयाँ, हसनपुर सुनसरी सम्पर्क मन्च तथा टङ्क जुबु राईको अगुवाईमा ५ हजार २५ रुपैयाँ , जेफाले साहित्य समाज धनकुटा तथा गजलकार हृदय लिम्बुको अगुवाइमा ४ हजार रुपैयाँ अन्यमा कवि अल्पभाषी निरु(हतुवागढी), कवि मुकुन्द प्रयास (धनकुटा), गजलकार तारा दिप्साली राई(धरान),पार्वती राई (धरान) , कवि तथा चित्रकार ओम डिसिआर (भोजपुर) लगायतले पीडित परिवारलाई आर्थिक सहयोग गरेका थिए ।

उक्त रकम हस्तान्तरण पश्चात् बोल्दै हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले पात्लेपानी कला/साहित्य प्रतिष्ठान हतुवागढीका निम्ति एउटा सबैको आस्था जस्तै रहेको बताए । स्थापनाकालदेखी नै आफ्नो सक्रियता देखाउदै आएको प्रतिष्ठानले देशकै प्रतिष्ठित व्यक्तित्वहरुको आगमन गराउदै हतुवागढीको प्रवर्द्धनलाई टेवा पुर्याउदै आएको चर्चा गरे । उनले थपे “आजको यो यति ठूलो सहयोगले कवि कलाकार साच्चै नै मानवीयताप्रती सजग हुने कुरा प्रष्ट भएको छ । यो सहयोग हामी अथवा गाउँपालिकाले गर्नेभन्दा ठूलो रकम हो । यी सहयोगी मनहरुलाई धन्यवाद दिन चाहन्छु साथै सहयोग रकम विवरणको गाउँपालिकामा उपलब्ध गराइदिन अनुरोध गर्दछु ।

यो महामारीको अवस्थामा सचेत हुन पनि सबैमा अनुरोध गर्दछु । ” यस्तै पात्लेपानी कला साहित्य प्रतिष्ठानका सस्थापक एवम गजलकार बिस्वजित राईले अन्य सहयोग पनि आउने क्रम नि जारी नै रहेको बताउदै कवि कलाकारपनी समयानुकुल चल्नु पर्ने बताए । उनले थपे “हाम्रो आह्वानलाई स्विकार्दै सहयोग गरिदिनुहुने सिर्जनशील मनहरु प्रती आभारी छौँ ।” यता पीडित परिवारहरु पनि सो सहयोगको मुक्तकण्ठले प्रशंशा गरे । वडासदस्यसमेत रहेका पीडित परिवारका एक सदस्य सुदन राईले भावुक हुँदै पात्लेपानी कला/साहित्य प्रतिष्ठान र सहयोगी मनहरुप्रती कृतज्ञ रहेको बताए ।

कवि कलाकारहरुको यो सहयोग अहिले चौतर्फी चर्चाको विषय बनेको छ भने समय सान्दर्भिक अभियानको रुपमा समेत हेर्न थालिएको छ । स्मरणीय छ सो आगलागीमा वडासदस्य सुदन राईसङगसङ्गै ४ घर पुर्णरुपमा क्षति भएको थियो ।

२०७८ बैशाख १५, बुधबार १५:३० गते 1 Minute 61 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।