२०८० जेष्ठ १७ बुधबार

भोजपुरमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

-शारदा तामाङ राई
बैशाख-१६ भोजपुर। भोजपुरमा वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भोजपुर नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन परियोजना सामीको आयोजनामा बुधवार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर, बैदेशिक रोजगार संगै सिर्जना भएका सामाजिक लागत, मिडिया मनिटरिङमा वैदेशिक रोजगार तथा सामाजिक लाञ्छना लगायत विषयमा छलफल भएको छ । समुदायका अगुवा तथा पत्रकारसंग भएको छलफलमा सामीका कार्यक्रम अधिकृत उमा पौडेलले कार्यक्रमका विषयमा प्रकास पारकी छिन । बैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धी मुलक बनाउने उद्धेश्यले परियोजना सञ्चालन गरिएको सामी भोजपुरका कार्यक्रम संयोजक टेक श्रेष्ठले बताए । उनले हाल सम्म १ करोड २५ लाख बराबरको आर्थिक सहायता प्रदान गरेको जानकारी दिए ।

परियोजनाले भोजपुरमा बैदेशिक रोजगारीका क्रममा ठगिमा परेकाहरुलाई मनोसामाजिक परामर्श दिने, निशुल्क सीप प्रदान गर्ने, कानुनी परामर्श दिने लगाएत काम गर्दै आएको छ । हाल सम्म जिल्लामा ९ सय ८६ पुरुष र ५ सय ९० जना महिला गरी १५ सय ७६ जनालाई वित्तीय साक्षरता दिईएको छ । यस्तै जिल्लामा १ बर्षको अवधीमा ४८ मनोसामाजिक परामर्श सेवन र एक हजार पाच सय ७६ सूचना प्रदान गरिएको प्रमुख श्रेष्ठको भनाई छ ।

व्यक्तिगत रुपमा ४८ र सामुहिक रुपमा १६ समुहका ३ सय ५२ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरीएको हो । यस्तै युवाहरुलाई लक्षित गरी वैदेशिक रोजगारीबाट प्राप्त सिपको पहिचान गरी ३ सय बढिलाई सिप तथा तालिमको व्यवस्था, वैदेशिक रोजगारबाट आएको आम्दानीलाई व्यवस्थित गर्नका लागी १६ समुहका ३५२ जनालाई वित्तिय साक्षरता कक्षा, वैदेशिक रोजगारको सिलसिलामा भएका ठगी, खोजी, उद्धार,जेल, मृत्युदावी भुक्तानी तथा अंगभंग लगायतमा पाउने क्षतीपूर्ती, विमा दावी भुक्तानी, मेडिकल फेल लगायतको केशमा ७२ वटा निशुल्क कानुनी सहायता प्रदान गरिएको संयोजक श्रेष्ठले बताए ।

कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले,उपमेयर ममिता राई, नेपाल मानव अधिकार संगठन भोजपुरका अध्यक्ष निमा शेर्पा, प्राध्यापक बेनु बहादुर कार्की, पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राई लगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ । भोजपुरमा सामी परियोजना भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउपालिका र हतुवागढी गाउपालिका गरी चार वटा स्थानीय तहमा सञ्चालनमा रहेको छ ।

२०७८ बैशाख १६, बिहीबार ११:३२ गते 1 Minute 13 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।