२०८० चैत्र १६ शुक्रबार

सुनसरीमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा

वैशाख-१६, धरान । जिल्लामा कोरोना सङ्क्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि यही २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिनुभयो ।

यो अवधिमा अत्यावश्यकबाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयहरुमाथिको निर्देशन आलोपालो गरेर सेवा प्रवाह गर्न भनिएको छ । सवारी साधन जोरबिजोर प्रमाणीमा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासनले जनाएको छ । यता खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न दिइन छ ।

सिमानाबाट सङ्क्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ ।

२०७८ बैशाख १६, बिहीबार १४:४२ गते 1 Minute 283 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार