२०८० चैत्र १५ बिहीबार

भोजपुरको हतुवागढी गाउँपालिकाको घोडेटारमा ३ जनामा कोरोना संक्रमण पुष्टी, गापामा सयौको संख्यामा संक्रमीत हुनसक्ने अनुमान

जेठ-४, भोजपुर । भोजपुरको दक्षीणी क्षेत्र हतुवागढी गाउँपालिकाको घोडेटार बजारमा तीन जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । संक्रमीत हुनेहरुमा घोडेटार बजारमा पसल संचालन गरी बस्ने २ जना महिला छन भने स्थानीय १ पुरुष रहेको इलाका प्रहरी कार्यलय घोडेटारका प्रमुख जस बहादुर लिम्बुले जानकारी गराए ।

आजबाट एन्टीजेन किट मार्फत कोरोना परिक्षण प्रारम्भ गरेको गाउँपालिकामा जम्मा ४ जनालाई परिक्षण गरेको थियो । उक्त परिक्षणबाट ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणको दोश्रो लहर संसार भर फैलिएपछि अहिले गाउँ गाउँमा समेत संक्रमीत देखा पर्न थालेको छ ।

 एन्टीजेन कीट मार्फत परिक्षण गरिएको रिपोर्ट । तस्वीर : दिपेश श्रेष्ट, प्रमुख पिएजसी हस्पताल ।

इप्रका घोडेटारका प्रमुख जस बहादुर लिम्बुका अनुसार अहिले गाउँ गाउँमा कोरोना संक्रमण फैलिसकेको हुन सक्ने आजको प्रारम्भिक परिक्षणले देखाएको छ, सुन्नमा आए अनुसार वडा नं. २ को लुङ्किन गाउँ, वडा नं. १ को हर्खा गाउँतिर एकै लक्षण् भएको विरामी प्रतिघर २ वा २ भन्दा बढीको संख्यामा विरामीहरु रहेको खवर आएको छ र बढी सम्भावना रहेको गाउँतिर भोलीबाट परीक्षण थाल्ने समेत उनले बताए।
भोली बैसाख ५ गतेबाट आंसीक रुपमा घोडेटार बजारलाई सिल गर्ने र आवगमनमा पूर्ण कडाई गर्ने, गाउँपालिकाको वडा नं. ८ स्थितको चुहार पुल,  हलेदे (कोप्चे) र मचुवाटारको नाकाहरुमा अतिवाश्याक बाहेक पूर्णरुपमा लक गर्ने गाउँपालिमा बसेको आकस्मीक बैठकले निर्णय गरेको गाउँपालिकाले बताएको छ ।

संक्रमीतलाई आइसोलेशनमा राख्नको लागि गाउँपालिकाको फलामढुङ्का स्थित १५ सैयाको र पिएजसि भवनमा ५ वटा बेड तत्कालको लागि तयारी गरीएको साथै २ थान अक्सिजन प्लान्ट समेत राखिएको गाउँपालिकाले बताएको छ ।

यसअघि जिल्लाकै रामप्रसाद राई गाउँपालिकामा एकैपटक १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गतसाल देखापरेको पहिलो चरणको संक्रमणले पहाडी क्षेत्रतीर खासै प्रभाव नपारेपनि उच्च सतर्कता र समयमै पूर्व तयारी राम्रो भएको थियो तथापी हामीले कुनै अप्रिय क्षती बेहोर्नु नपरेको स्थानीय बुद्धिजीविहरु बताउछन् । तर यसपटक भने मुलुक भर ठूलो संख्यामा मानवीय क्षती भइरहँदा पनि स्थानीय सरकारले स्वास्थ्य सम्बन्धि कुनै कुराको पूर्व तयारी नगरेको प्रति गुनासो समेत गरेका छन् ।

२०७८ जेष्ठ ४, मंगलवार १४:०३ गते 1 Minute 179 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार