२०८० आश्विन १४ आईतवार

अक्सिजनको समस्या ९५ प्रतिशत समाधान, दैनिक दशटन लिक्विड आयात

जेठ-५ गते । कोरोना भाईरसबाट संक्रमित विरामीका लागि अत्यावश्यक रहेको अक्सिजन आपूर्ति ९५ प्रतिशतले व्यवस्थापन भई सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताउनुभयो । हाहाकारनै मच्चिएको थियो तर सबैतिरबाट व्यवस्थापन भएकाले ९५ प्रतिशत समधान भएको छ । आउने साताभित्र शतप्रतिशत आपूर्ति हुनसक्ने गरी व्यवस्थापन भएको उहाँले बताउनुभयो ।

ओमनबाट ५६० थान र चीनबाट दुई हजार थान सिलिण्डर सरकारले ल्याएको छ भने निजी कम्पनीहरुले समेत सिलिण्डर ल्याएकाले चार हजार बढी सिलिण्डर भित्रिएको मन्त्रालयको तथ्याङ्क छ ।  १८ हजार सिलिण्डर ल्याउने अन्तिम तयारी भएकाले यो साता भित्र अक्सिजनको समस्या सबै हल हुने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

सिलिण्डरसँगै लिक्विड अक्सिजनको अभाव भएकाले भारतबाट दैनिक रुपमा दुई टा टंकरले आयत हुँदै आएकाले हाल थप दुई वटा टंकर थप गरी चार वटा टंकरबाट तीन दिनमा ३० टन अक्सिजन आयत हुने गरेको उहाँले जानकारी दिनुभयो । अक्सिजन भण्डारको समस्या भएकाले ट्रमा सेन्टर, शिक्षण अस्पताल महारजगन्ज, नेपालगञ्ज मेडिकल कलेजमा भण्डार गरिदै आएको छ ।

मन्त्रालयले भेन्टिलेटर, आइसियु र एचडियुमा भएका विरामीको संख्याको आधारमा अस्पतालहरुलाई अक्सिजन वितरण गर्दे आएको छ । केही समय अघि काठमाडौंमा भएका अक्सिजन प्लान्ट विग्रिने समस्या भएकाले आपूर्ति समस्या भएको तर यो समस्या समेत समधान भई सकेको मन्त्रालयले जनाएको छ ।

२०७८ जेष्ठ ५, बुधबार १२:३३ गते 1 Minute 29 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।