
जेठ-५, भोजपुर । हतुवागढी गाउँपालिकाको घोडेटार बजारमा थप दूई जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । संक्रमीत हुनेहरुमा घोडेटार बजारकै २ महिला रहेको गाउँपालिकाका स्वास्थ्य संयोक जय राईले जानकारी गराए ।
आज कोरोना परिक्षणको दोश्रो दिन बजार क्षेत्रका लक्षण देखिएका जम्मा ३ जनामा परिक्षण गर्दा २ जनाको रिपोर्टमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
घोडेटार बजार स्थित गरिएको हिजो र आजको परिक्षणबाट संक्रमीत संख्या जम्मा ५ पुगेको छ । संक्रमीतहरु मध्य २ महिलालाई अस्थायी कोभिड अस्पताल पिएजसीमा राखेर उपचार भइरहेको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खतिवडाले जानकारी गराए । अहिले उनीहरुको अवस्था सुधारउन्मुख रहेको समेत बताए ।
इप्रका घोडेटारका प्रमुख जस बहादुर लिम्बुका अनुसार– “अहिले गाउँ गाउँमा कोरोना संक्रमण फैलिएको हुन सक्ने अनुमान छ । गाउँपालिकाको वडा नं. २ र वडा नं. १ मा अहिले संक्रमण पुष्टि भएकाहरुकोसंग लक्षण मिल्दो जुल्दो विमारीहरुको संख्या धेरै रहेकोले परिक्षण गर्दा प्रायको रिपोर्टमा पोजेटिभ आउन सक्ने अनुमान छ ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खतिवडाका अनुसार भोलिबाट सम्भावित क्षेत्रतिर सकेसम्म स्वास्थ्यकर्मीहरुलाई परिचालन गरी परिक्षणको डायरा बढाउने योजना रहेको छ । उनले भने– हामीसंग परिक्षण गर्ने किट जम्मा १ सय ५० थान मात्रै रहेकोले यसलाई थप गर्नु पर्ने अवस्था आउन सक्छ ।
आज जेठ ५ गतेदेखी १५ गतेसम्म पूर्णरुपमा गाउँपालिकाको कार्यलय बन्द गर्ने र आंसिकरुपमा घोडेटार बजारलाई सिल गर्ने र आवगमनमा पूर्ण कडाई गर्ने, गाउँपालिकाको चुहार पुल, सुनसबालुवा, हलेदे (कोप्चे) र मचुवाटारको नाकाहरुमा अतिवाश्याक बाहेक पूर्णरुपमा लक गर्ने गाउँपालिको आकस्मीक बैठकले निर्णय गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।