
जेठ-५, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी ५ सुनसरीकी ३७ बर्षीया महिला रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार आज दिउसो ३ बजेर ३० मिनेटमा उनको कोभिड अस्पतालमा मृत्यु भएको थियो ।
उनलाई बैसाख २४ गते संक्रमण पुष्टि भएको थियो भने बैसाख २६ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनी पहिलेदेखी नै उच्चरक्तचापको विरामी भएको अस्पतालले बताएको छ । उनको शवलाई नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।