२०८० आश्विन ७ आईतवार

आठ हजार २२७ थपिए, छ हजार ५४३ कोरोनामुक्त, १९० को मृत्यु

जेठ-६, काठमाडौं, । नेपालमा कोरोनाभाइरसका आठ हजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित चार लाख ८८ हजार ६४५ पुगेको छ । मन्त्रालयका अनुसार हाल एक लाख १५ हजार ८५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म कोरोनाभाइरस लागेका तीन लाख ६६ हजार ९४६ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९० जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । नेपालमा हालसम्म कोरोनाभाइरसका कारणले पाँच हजार ८४७ जनाको मृत्यु भएको छ ।
हाल ९३२ जना क्वारेन्टिनमा छन् । हालसम्म १८ लाख ५५ हजार ७९३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

२०७८ जेष्ठ ६, बिहीबार १२:२९ गते 1 Minute 33 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार