२०८० चैत्र ६ मंगलवार

हतुवागढी गाउँपालिकामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमीत संख्या १८ पुग्यो

जेठ-७, भोजपुर । हतुवागढी गाउँपालिकाको वडा नं. ६ होम्ताङमा थप १३ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । गाउँपालिकाको साविक १ हालको ६ नंम्बर वडा लंखामा हिजो साँझसम्म १८ जनाको परिक्षणमा १३ जना संक्रमीत पुष्टि भएको हो । यो संगै संक्रमीत संख्या जम्मा १८ पुगेको छ ।

संक्रमीतहरुलाई स्वास्थ्य अवस्था सामान्य रहेकाहरुलाई तत्कालको लागि सुरक्षीत भएर होम आइसोलेशनमा नै बस्ने र अलि जटिल देखीएकाहरुलाई गाउँपालिकाको पिएचसी भवनको अस्थायी कोभिड अस्पतालमा राखेर उपचार शुरु गरिएकोे स्वास्थ्य प्रमुख जय कुमार राईले बताए ।

कोभिड-१९ को दोश्रो भेरियनसंग लक्षण मिल्दोजुल्दो एकैखालको विरामी गाउँपालिकाको गाउँ गाउँमा देखिन थालेपछि गत जेठ ४ गतेदेखी परिक्षण प्रारम्भ गरेको थियो । अहिले धेरै जसो गाउँपालिकाको वडा नं. २ को लुङ्गीन गाउँ, वडा नं. १ को हर्खा, वडा नं. ६ को होम्ताङ र आसपासको क्षेत्र त्यसैगरी वडा नं. ९ को हसनपुर क्षेत्रमा संकास्पद विरामीहरु रहेको स्वास्थ्य प्रमुख जय कुमार राईले जानकारी गराए ।

स्वास्थ्य प्रमुख राईका अनुसार– “जुन जुन गाउँबाट धेरै विरामीहरु रहेको हामीलाई खवर आएको छ त्यस क्षेत्रमा तत्काल हाम्रो स्वास्थ्य टोली गएर उनीहरुको स्वापसंकलन गरी संक्रमण पहिचान गर्ने तालिका नै बनाएका छौ ।”

गाउँभरी संक्रमण फैलिएको हुनसक्ने भएको र यसलाई रोकथामको लागि गाउँमा रहेका प्रत्येक संकास्पद विरामीहरुलाई जाँच गर्ने र संक्रमण पुष्टि भएकाहरुलाई होम आइसोलेशनमा नराखेर सकेसम्म स्वास्थ्य माफडण्दलाई मध्यनजर गरी गाउँपालिकाले ब्यबस्थापन गरेको आइसोलेशनमा राखेर उपचार गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खतिवडाले जानकारी बताए ।

हतुवागढीमा संक्रमीतहरुको संख्या दिनानुदिन तिब्रगतीमा बढ्नुले हतुवागढी गाउँपालिकासंग जोडिएका गाउँपालिकाहरुमा समेत जोखिम बढेको छिमेकी गाउँपालिकाका नागरिकहरुको भनाई रहेको छ ।

२०७८ जेष्ठ ७, शुक्रबार ०१:१० गते 1 Minute 125 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार