
जेठ-८, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा दूई कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा इनरुवा ५ सुनसरीकी ७४ बर्षीया बृद्धमहिला र अग्निसाइर कृष्णासरवन २, सप्तरीका एक ४२ बर्षे पुरुष रहेकोे प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार हिजो दिनको ४ बजेर ३० मिनेटमा सप्तरीका पुरुष र साँझ ५ बजेर ४५ मिनेटमा इनरुवाका महिलाको कोभिड अस्पतालमा मृत्यु भएको थियो ।
पुरानो मृगौला रोगी रहेका सप्तरीका मृतकलाई गत जेठ ४ गते संक्रमण पुष्टि भई त्यही दिन प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएको थियो । त्यसैगरी इटहरीकी मृतकलाई जेठ ६ गते संक्रमण पुष्टि भई ७ गते उपचारको लागि कोभिड अस्पताल धरानमा भर्ना गरिएको थियो । उनी पहिलेदेखी नै गहिरो थाइराइडको विरामी भएको अस्पतालले बताएको छ ।
मृतकको शवलाई नियम अनुसार व्यवस्थापन गरीसकिएको प्रतिष्ठानले जनाएको छ ।